
भक्तपुर । गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगितामा दोलखाका आशिष फुँयाल प्रथम हुनुभएको छ । गणतन्त्र दिवसका अवसरमा मंगलबार भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भवनमा भएको प्रतियोगितामा बद्रीलाल नेपाली काठमाडौं द्वितीय र धिरेन राई काठमाडौं तृतीय हुनुभयो ।
प्रतियोगितामा तीनैजनाले समान अंक प्राप्त गरे पनि टाइब्रेकमा आशिष पहिलो हुन सफल हुनुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयसहित विभिन्न विधामा सर्वोत्कृष्ट १८ जनालाई नगद, ट्रफीसहित प्रमाणपत्र प्रदान गरिएको थियोे । प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोस्रोलाई चार हजार, तेस्रोलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । साथै यी तीनसहित कुल १८ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितामा विभिन्न २४ जिल्लाका ८० जना खेलाडी सहभागी थिए । प्रतियोगिता स्विस लिगका आधारमा नौ चरणमा खेलाइएको थियो । प्रतियोगितामा विजयी खेलाडीहरूलाई प्रायोजक नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सिइओ इञ्जिनियर कृष्णभक्त दुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल महासंघका केन्द्रीय अध्यक्ष हेराकाजी महर्जन, प्रतियोगिता सञ्चालन गर्न गठित समितिका संयोजक चेसका भेट्रान्स गणेशमान दुवाल, प्रमुख निर्णायक ज्ञानेन्द्र खाइजूलगायतले प्रतियोगिताको विविध विषयमा चर्चा गर्नुभएको थियो ।
प्रतियोगितमा सहभागीमध्ये भक्तपुरबाट सहभागीहरूमा निकेन कुशाथा विजयी हुनुभयो । उहाँले नौ राउण्डमा सात अंक प्राप्त गर्नुभएको थियो । प्रतियोगितामा भक्तपुरबाट मात्रै ३० जना प्रतिस्पर्धी रहेका थिए । प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्वसल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच