काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’मा अञ्जना बराइली अनुबन्धित हुनुभएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रका लागि मुख्य भूमिकामा यसअघि गायक तथा कलाकार प्रकाश सपुत र मुकुन भुसाल अनुबन्धित भइसक्नुभएको छ ।
प्रकाश र मुकुनपछि अभिनयका कारण चिनिँदै आउनुभएका कलाकार विनोद न्यौपाने, कलाकार भोलाराज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको थियो । यही जेठ २१ गतेबाट छायांकनमा जाने तयारी रहेकोयस चलचित्रलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो । सरोज पौडेलको लेखक तथा निर्देशक रहेर सोसल-ड्रामा बन्ने चलचित्रमा मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बताइएको छ ।
चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता रहनुभएको छ । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच