गोल्डेनगेटको तीनै टोली प्रिक्वार्टरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गोल्डेनगेटको ‘ए’, ‘बी’ र ‘सी’ तीनै टोली नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोल्डेनगेटसंगै जेभियर इन्टरनेसनल र सीसीआरसीको ‘ए’ र ‘बी’ टोली तथा नामी, क्याम्पियन, ओमेगा ‘ए’, जेम्स, ट्रिनिटी, प्रिमियर, ट्रिटन, ग्रीनफिल्ड र मनास्लु वल्र्ड कलेज पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

नेपाल बास्केटबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको गल्र्समा रातो बंगला, नामी, इन्साइट भिजन, एस, जेभियर इन्टरनेसनल ‘बी’, गोल्डेनगेट, जेम्स ‘बी’ र साइपाल एकेडेमी क्वार्टरफाइनलमा पुगे ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । लिनिङ अफिसियल पार्टनर रहेको प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष तीन स्थान हात पर्ने टिमले त्रिसराबाट गिफ्ट हृयाम्पर प्राप्त गर्ने छन् । ‘मोष्ट भेलुएबल प्लेयर’ लाई लिनिङको गिफ्ट हृयाम्पर प्रदान गरिने छ । प्रतियोगिता आइतबारसम्म जारी रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?