![क्यान महासचिवलाई आइसिटी अवार्ड](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/CAN-adhakari-saman.jpg)
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणको व्यवस्था गरिए पनि सेयर लगानीकर्ता आशावादी बन्न सकेनन् । जसका कारण बजेटपछिको पहिलो कारोबार दिन सेयर बजार २३.८१ अंकले घटेर २०८९.४२ अंकमा झरेको छ । बुधबार नेप्से घटे पनि कारोबार रकम भने बढेर चार अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरका एक करोड ७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । १३ समूहमध्ये चार समूहको परिसूचक बढेको छ भने आठ समूहको घटेको छ । म्युचुअल फण्ड समूह स्थिर रहेको छ ।
उत्पादन तथा प्रशोधन समूहका परिसूचक सर्वाधिक २.६८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको १.१३ प्रतिशतले बढेको छ । तर, बैंकिङ समूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशतले घटेको छ ।
यस दिन युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने पोखरा फाइनान्सको सेयरमूल्य आठ प्रतिशतभन्दा बढी बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य भने सर्वाधिक ९.४१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको पोखरा फाइनान्सको १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको पनि १४ करोडभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
सरकारले बजेटमार्फत् पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणको संस्थागत क्षमता सुधार गर्ने घोषणा गरेको थियो । तर, सेयर लगानीकर्ताले उठाउँदै आएका माग बजेटमा स्पष्टरूपमा सम्बोधन नभएको लगानीकर्ताको गुनासो छ । सेयर बजारका लगानीकर्ताले आगामी बजेटमा करसम्बन्धी नयाँ व्यवस्थाको अपेक्षा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच