![लिंगको अर्बुद](https://ehimalayatimes.com/wp-content/uploads/2023/01/Dr-Arjun-Dev-Bhatta.jpg)
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आइसिटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ ।
सोमबार चन्द्रलोक फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अधिकारीलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो । आइसिटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुनुहुन्छ । प्राविधिकरूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गर्नुभएका उहाँले इन्फर्मेसन सेक्युरिटी, आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गर्नुभएको छ ।
अधिकारीले आइसिटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्दा प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ । त्यस्तै, साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउने गरी उहाँ देशभर आयोजित पाँच सयभन्दा बढी कार्यक्रममा सक्रिय सहभागी हुनुभएको छ । साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिडेटका प्रबन्ध निर्देशक अधिकारी सफ्टवेयर कलेज अफ आइटी एण्ड इ-कमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट जस्ता शैक्षिक संस्थामा समेत हुुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच