बेरुजु घटाउदै बैतडीका स्थानीय तहहरु

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीका स्थानीय तहहरुले बेरुजु घटाइरहेका छन् । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं प्रतिवेदन अनुसार विगतका वर्षहरुको तुलनामा बेरुजु रकम घटाइरहेका हुन् ।

महालेखाको ६० औँ प्रतिवेदनमा उल्लेख गरिएको बेरुजु रकमको तुलनामा ६१ औँ प्रतिवेदनमा सुधार देखिएको हो । प्रतिवेदनअनुसार यहाँका स्थानिय तहहरु मध्ये सबै भन्दा धेरै डिलासैनी र कम दोगडाकेदार गाउँपालिकामा बेरुजु रहेको देखिएको छ ।

जिल्लाको डिलासैनी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९मा ९ करोड २९ लाख ४० हजार बेरुजु रकम रहेकोमा २०७९/०८०मा झण्डै २ करोडले घटेर ७ करोड ८ लाख ४५ हजार कायम रहेको छ ।

दोगडाकेदार गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९मा ८ करोड ९८ लाख ९ हजार रहेकोमा २०७९/०८०मा घटेर ४० लाख ९४ हजारमा सिमित रहेको छ । पञ्चेश्वर गाउँपालिकाको २०७८/०७९मा ५ करोड ७८ लाख २५ हजार रहेकोमा २०७९÷०८० मा १ करोड ८९ लाख ९८ हजार कायम गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९मा शिवनाथ गाउँपालिकाको ४ करोड ७१ लाख २ हजार बेरुजु रहेकोमा २०७९/०८०मा ४३ लाख २८ हजार कायम भएको छ । सिगास गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा ५ करोड ६१ लाख ५७ हजार रहेकामा २०७९/०८०मा २ करोड १५ लाख २१ हजार कायम भएको छ ।

मेलौली नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा ६ करोड ७१ लाख ४ हजार रहेकोमा २०७९/०८०मा ५ करोड ११ लाख ५५ हजार रहेको छ । सुर्नया गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९मा ५ करोड ९७ लाख ५९ हजार रहेकोमा २०७९/०८०मा ४ करोड ५९ लाख ४५ हजार रहेको छ ।

पाटन नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९मा ६ करोड १७ लाख ६५ हजार रहेकोमा २०७९/०८०मा ५० लाख २७ हजार ९ सयमा कायम रहेको छ । यसैगरी दशरथचन्द नगरपमलिकाको आर्थिक वर्ष २०७८/०७९मा ५ करोड ८८ लाख ५२ हजार बेरुजु रहेकोमा आर्थिक वर्ष २०७९/०८०मा १ करोड ५८ लाख ४३ हजार कायम भएको छ ।

जिल्लाको पुर्चाैडी नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९मा ४ करोड ९९ लाख ३० हजार बेरुजु रहेकोमा २०७९/०८०मा ३ करोड ९० लाख २ हजार रहेको छ ।

लगातारजसो स्थानीय तहमा बेरुजु बढ्दैगइरहेको अवस्थामा पछिल्लो आर्थिक वर्षमा केही सुधार गरिरहेका छन् । पछिल्लो समयमा आर्थिक प्रशासन सम्बन्धि तालिम तथा गोष्ठिहरु सञ्चालन गरिदै आएको थियो । जनप्रतिनिधिहरुले पनि रुजु र बेरुजु रकमको बारेमा जानकारी हासिल गर्न थालेपछि सुधारको स्थितिमा पुगेको कोष तथा लेखा नियन्त्रणको कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?