
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नदिजन्य पदार्थको अबैध भण्डार (डम्पिङ) गरेर राखेको अवस्थामा जफत गरेको छ ।
बर्दघाट नगरपालिका ५ र १६ को सिमानामा रहेको खजुरी खोलाबाट अबैध रुपमा चोरी गरी ठाउँ ठाउँमा डम्पिङ्ग गरी राखेको मिस्कट तथा बालुवा नगरपालिकाले जफत गरेको छ । बुधवार विहान नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगरका कर्मचारीहरुसहितको टोलीले डम्पिङ्ग गरी राखेका स्थानमा पुगेर स्टक नापजाँच गर्ने काम गरेको छ ।
बुधवार नगरको टोलीले बर्दघाट नगरपालिका वडा नं. १४ धर्मवस्तीमा रहेको, सिंह ईन्टर प्राइजेजको ८४ टेक्टर, लालचन्द्र सप्लार्यसको ७ टेक्टर, खत्री सप्लायर्सको २४ टेक्टर, ईमान्दार ब्लक उद्योगमा १८ टेक्टर, खजुरी खोला किनारमा वेवारीसे १० टेक्टर र जि.सी. हाडवेर्यरमा ४ टेक्टर गरी १ सय ४७ टेक्टर मिस्कट तथा बालुवा स्टक नापजाँच गरीएको नगरपालिकाका सब इन्जिनियर मनोज श्रेष्ठले जानकारी दिनु भयो ।
नगरपालिकाको टोलीले स्टक नापजाँच गरेर खानाखान आएका वेला केहि डम्पिङ्ग गर्नेहरुले भने जेसिबिको नम्वर प्लेट नै हटाएर टेक्टरमा लोडगर्दै अन्यत्र लैजाने गर्दैगर्दा मिस्कट बोक्दै गरेको एउटा टेक्टर र जेसिबिलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
खजुरी खोलाबाट नदीनज्य वस्तुको निकासीमा रोक लगाएका बेला अबैध रुपमा चोरी निकासीको क्रम बढेसंगै नगरले खोला आसपासका वस्तीमा गएर अबैध रुपमा डम्पिङ्ग गरेका नदीजन्य समाग्रीहरु जफत गर्न शुरु गरीएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
नापजााच गरेको सबै मिस्कट तथा बालुवालाई नगरले जफतगरी आफ्ना सवारी साधनहरुको प्रयोग गरेर नगरपालिकाको कार्यालय नजीकै एकै स्थानमा संकलन गनै लगाइएको र पछि त्यसको प्रक्रिया अनुसार अघि बढाइने नगर उप-प्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भएको छ ।
अबैध डम्पिङ गरिएको नदि जन्य पदार्थको मध्ये केही नगर परिसरमा ल्याइसकिएको छ भने केही ल्याउने तयारीमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच