
काठमाडौं । एनसेल ग्राहकले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने भएका छन् । आममानिसलाई मोबाइल डेटामार्फत् सधैं अन अर्थात् अनलाइन राख्ने आफ्नो प्रतिबद्धताबमोजिम एनसेलले रोमिङ डेटा शुल्क उल्लेख्यरूपमा घटाउँदै शुल्क परिमार्जन गरेको हो । दैनिक डेटा रोमिङ शुल्क घटाइएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन् ।
डेटा रोमिङ प्याकको फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्ट पाइन्छ र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो, सोही देशको सिम आवश्यकता पर्दैन । डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले करसहित दैनिक ७९.८८ मा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्नेछन्् । जुन शुल्क यसअघिको दैनिक १९०.१८ को तुलनामा ५८ प्रतिशतले कम हो ।
त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेल ग्राहकले करसहित १९०.१८ मा प्रतिदिन डेटा सेवाको फाइदा लिन सक्नेछन् । परिमार्जनअघि उल्लेखित गन्तव्यमा दैनिक डेटा रोमिङको शुल्क ३३.९३ रहेकामा शुल्क ७० प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच