
इलाम । जुनियर (यू-१५) राष्ट्रिय बुद्धिचाल प्रतियोगिता-२०८१को लागि इलाम जिल्ला छनौट प्रतियोगिता सम्पन्न भएको छ । इलाम जिल्ला बुद्धिचाल संघको आयोजना, जिल्ला खेलकुद विकास समिति, इलामको समन्वय र कोशी प्रदेश बुद्धिचाल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताबाट छात्रछात्रा दुई-दुईजना छनौट भएका छन् ।
शुक्रबार जिल्ला समन्वय समिति इलामको समीक्षालयमा सम्पन्न प्रतियोगिताबाट विजय भई छनौट हुनेमा छात्रतर्फ प्रथम प्रज्ञा सदन इलामका दीपेश तामाङ (इलाम नगरपालिका-६), र द्वितीय सनराइज अंग्र्रेजी स्कुल, सूर्योदयका सक्षम पौडेल (सूर्योदय नगरपालिका-८) हुनुभएको छ भने छात्रातर्फ प्रमथ इलाम रोजमेरी, सूर्योदयकी रिस्ता राई (सूर्योदय नगरपालिका-११) र द्वितीय ग्रीनभ्याली एकेडेमी अध्ययनरत आन्वि राई हुनुहुन्छ ।
इलाम बुद्धिचाल संघका अध्यक्ष प्रकाश परियारको अध्यक्षता भएको प्रतियोगिता आर्विटर तारानिधि घिमिरे रहनुभएको थियो । छनौट भएका खेलाडीले प्रदेशस्तरीय छनौटमा सहभागी हुने अवसर पाउने छन् । जुनियर (यू-१५) को राष्ट्रिय प्रतियोगिता यही जेठ ३०-३२ पोखरामा हुने कोशी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राईले जानकारी गराउनुभयो । विजेता चार जनालाई ट्रफि र सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच