रुपन्देहीमा २०८० को एसइईको परीक्षामा उत्कृष्ट केन्द्राध्यक्षमा नवीन मावि

हिमालय टाइम्स
Read Time = 10 mins

रुपन्देही । शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीको आयोजनामा समसामयिक शैक्षिक सवालहरू परीक्षा र मूल्याङ्कन प्रणाली सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रम र भैरहवा सम्पन्न भयो ।

जिल्ला समन्वय समिति रूपन्देही, जिल्ला परीक्षा समन्वय समिति रूपन्देही, शिक्षा विकास तथा समन्वय इकाई रूपन्देही, रूपन्देहीका १६ वटा स्थानीय तहका शिक्षा शाखा प्रमुख र कक्षा १० तथा कक्षा १२ को परीक्षाका परीक्षा केन्द्राध्यक्षहरू बीचको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले एसइईको परीक्षा केन्द्र निर्धारण गर्दा भौतिक पूर्वाधारमा कमजोर भएका विद्यालयलाई परीक्षा केन्द्र निर्धारण गर्न नहुने र विद्यालयहरुले आगामी दिनमा परीक्षालाई थप सुधार तथा व्यवस्थित गर्न निर्देशन दिनु भयो ।

विशिष्ट अतिथि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एसइई परीक्षामा उत्कृष्ट केन्द्राध्यक्षलाई पुरस्कृत गर्ने र समसामयिक शैक्षिक सवालहरू, परीक्षा र मूल्याङ्कन प्रणाली सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रम गर्दा रुपन्देहीको शिक्षा सुधारमा थप टेवा पुगोस् प्रभावकारी होस् भनेर कार्यक्रमको सुरुवात गर्न एउटा प्रणालीको विकास भएकोले भावी दिनहरूमा पनि राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरी प्रभावकारी बनाउन सुझाव दिँदै नेपालमा चारवटा उत्कृष्ट विद्यालयहरु कालिका मानवज्ञान मा.वि., शान्ति नमुना मा.वि., कान्ति मा.वि. र नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. रुपन्देहीमा भएकोमा हामी सबैले गर्व गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।

उक्त अवसरमा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडे रुपन्देही जिल्लाको शैक्षिक झलकलगायत समसामयिक अवस्था बारेमा प्रस्तुत गर्नु भएको थियो । नेपाल सरकारका पुर्व सह सचिव डा. भोजराज काफ्लेले कार्यपत्र पेश गर्दै नेपाल र विदेशको शिक्षामा भएका अभ्यासहरू र अनुभवहरूको सम्बन्धमा कार्यपत्र पेश गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड लुम्विनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी, नेपाल शिक्षक महासंघ लुम्विनी प्रदेश अध्यक्ष एवं शान्ती नमुना मा.वि. का प्र.अ. कुल प्रसाद लामिछाने, नेपाल शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने, भानु मा.वि. प्र.अ. मोतिलाल सुवेदी, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, स्कलार्सहोम वोर्डिङ्ग स्कुलका प्राचार्य बाबुराम बन्जाडे, शिक्षापत्रकार समुहका केन्द्रिय अध्यक्ष कृष्ण मल्ल र २०८० को एसइईको परीक्षामा उत्कृष्ट केन्द्राध्यक्षमा छनौट भएका नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले धारणा व्यक्त गर्नु भएको थियो

उक्त अवसरमा २०८० को एसइई परीक्षामा रूपन्देही जिल्लाका ५८ वटा परीक्षा केन्द्रहरूमध्ये उत्कृष्ट केन्द्राध्यक्षको भूमिका निर्वाह गर्नुभएका नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगर बुटवलका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाई, विशिष्ट अतिथि जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका अध्यक्ष एवं रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बञ्जाडेले चेक तथा प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको थियो ।

नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा एसइई २०७९ मा नेपालको सबैभन्दा ठूलो परीक्षा केन्द्र जसमा ९३१ जनाले परीक्षा सहभागिता रहेको थियो । २०८० को एकाइमा पनि नेपालको सबैभन्दा ठूलो परीक्षाकेन्द्र जसमा ६७६ जना कालिका मानवज्ञान मा.वि.का विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।

विद्यालयले परीक्षा केन्द्रलाई थप व्यवस्थित गर्न नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय र लुम्बिनी वाणिज्य क्याम्पसको ३ बिघाको संयुक्त खेलमैदानमा छुट्टाछुट्टै पिलर गाडेर पहिचान सहित छात्र छात्राको छुट्टाछुट्टै लाइनको व्यवस्था विद्यार्थीहरु तथा सरोकारवालाहरुलाई परीक्षाको समग्र विवरण सहित सुसूचित गर्न योजनाबद्ध नक्सांकन सार्वजनिक गरी विद्यार्थीहरुलाई प्रवेश गराउने र छात्रछात्राहरूले झोला तथा सामग्री राख्ने छुट्टै पहिचान सहित राख्ने व्यवस्था छात्र र छात्राको छुट्टाछुट्टै प्रवेशपत्र र परीक्षा निषेधित सामग्री जाँच गर्ने छुट्टाछुट्टै स्थान व्यवस्था रहेको छ।

पहिलो दिन व्यवस्थित परीक्षाको लागि विद्यार्थी आचार संहिता सम्बन्धी संक्षिप्त अभिमुखीकरण गरी निर्देशन विद्यार्थीहरूलाई भवनमा प्रवेश गर्दा बढी भिडभाड व्यवस्थापन गर्न आवतजावत गर्न छुट्टाछुट्टै सीडीको र प्यासेजको व्यवस्था अस्थायी शौचालयको पहिचानसहित व्यवस्था दुई सैयाँ औषधि तथा सामग्री सहित स्टाफ नर्सको व्यवस्था रहेको छ।

विद्यार्थीहरूलाई सहजीकरण गर्न हेल्प डेस्कको व्यवस्था पिउने पानी कक्षा कक्षामा व्यवस्था र पहिचानसहित पानीको व्यवस्था लोडसेडिङ मा जेनेरेटरको व्यवस्था प्रत्येक दिन परीक्षाको समीक्षा बैठक विद्यार्थी मैत्री फर्निचरको व्यवस्था परीक्षा सकिने बेलामा बढी भीडभाडमा उत्तरपुस्तिका हराउन सक्ने सम्भावना हुने भएकोले परीक्षा सकिन अन्तिम ५ मिनेट प्यासेजका गेट सिल गर्ने लगायतका असल अभ्यासहरू अवलम्बन विद्यालयले गरेको थियो विद्यालय सामुदायिक तर्फ विद्यार्थी सङ्ख्यामा नेपालमै ४६८१ विद्यार्थी सहित पाँचौं स्थानमा रहेको छ ।

विद्यालयमा मन्टेश्वरी देखि कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्यममा कक्षा ११ र १२ विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापनमा होटल व्यवस्थापन, कानुन र शिक्षा समूह अध्यापन हुने गर्छ र विद्यालयमा लुम्बिनी प्रदेश नमुना विद्यालय हुनका साथै शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत अनुसन्धान तथा गुण स्तरवृद्धि शाखाबाट नेपालका प्रदेशबाट ६ वटाका दरले ४२ वटा असल अभ्यास अवलम्बन गर्ने विद्यालय अन्तर्गत लुम्बिनी प्रदेशमा छनोट भएको छ ।

उक्त कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी द्वय चिरञ्जीवी राना, रामचन्द्र अर्याल, कोष तथा लेखा नियन्त्रक विन्दु ढकाल, प्रहरी उपरीक्षक रञ्जित शिह राठौर, शसस्त्र प्रहरी उपरीक्षक आनन्द थापा, राष्ट्रिय अनुसन्धान विभाग उप अनुसन्धान निर्देशक हरिश विष्टलगायतको सहभागिता रहेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उपसचिव माधव बन्जाडे को अध्यक्षतामा शाखा अधिकृत विष्णु प्रसाद बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य शाखा अधिकृत झविलाल वि.क. ले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?