अटो जिमखाना च्याम्पियनसिपको उपाधि आशिषलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल अटो जिमखाना च्याम्पियनसिपको उपाधि आशिष भारतीले जित्नुभएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन नासा नेपाल बागमती प्रदेश संघद्वारा आयोजित प्रतियोगितामा आशिष पहिलो बन्नुभएको हो ।

शनिबार राती सम्पन्न प्रतियोगितामा फिलिक्स भान दोस्रो र दिग्विजय सिंह अधिकारी तेस्रो हुनुभयो । विजेताले क्रमशः २७ हजार, नौ हजार तथा तीन हजार रुपैयाँ प्राप्त गर्नुभयो । महिलातर्फ बेस्ट टाइमर दुर्गालक्ष्मी रञ्जितकार तथा चितवनतर्फ बेस्ट पर्फरमेन्स अवार्ड विमल पौडेलले प्राप्त गर्नुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, एफआइए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई तथा नासा नेपाल बागमतीका अध्यक्ष राजन पियाले विजेता खेलाडीलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

पुरुषबाट प्रथम आशिष तथा महिलाकी बेस्ट पर्फमर दुर्गालाई आगामी नोभेम्बरमा हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा नेपालबाट छनोट गरिएको नासा नेपालले जनाएको छ । प्रतियोगिता चाइनिज ताइपेईमा हुने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?