
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेरको तयारी थाल्नुभएको छ ।
प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर तयारी थाल्नुभएको बालुवाटार स्रोतले बतायो ।
प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी छ ।
प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्मा यसअघि श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी मन्त्री हुनुहुन्थ्यो । तर गत २१ फागुनमा सत्ता समीकरण फेरिएपछि श्रेष्ठ मन्त्रीबाट हट्नुभएको थियो ।
बालुवाटार स्रोतका अनुसार श्रेष्ठलाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि हितबहादुर तामाङलाई प्रधानमन्त्री कार्यालयमा रहनेगरि मन्त्री बनाउने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच