काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको एमालेको आरोप

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुणा, प्रेम, सद्भाव र संयमता कायम गर्न भएपनि प्रमुखले संयमता गुमाउँदै गएको बताउनु भयो । उहाँले प्रमुख साहले तबेलाको धुनमा काम गर्नुपर्नेमा विपरित रुपमा अगाडि जानुभएको बताउनु भयो । उहाँले मेयर साहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिनुभयो ।

उहाँले संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले महानगरपालिकामा प्रमुखको निर्वाचन जित्दा एमाले आशावादी भएको बताउनु भयो । उहाँले काठमाडौं महानगर मुलुकको राजधानी भएकाले महानगरपालिका जनप्रतिनिधि नेपालको सभ्यताको प्रतिनिधित्व गर्ने बताउनु भयो । उहाँले ऋषीमुनी र बुद्धले बनाएको सभ्यतामाथि मेयरले धावा बोल्न थालेको बताउनु भयो ।

उहाँले २०५४ सालमा एमालले महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य शहर बनाउने सफा शहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति वागमती, विष्णुमति, मनोहरा करिडोर बनाएको बताउनु भयो । उहाँले एमालले महानगरको नेतृत्व गर्दा काठमाडौंको भूकम्पपछिको निर्माणमा उल्लेख्य भुमिका खेलेको बताउनु भयो । उहाँले रानीपोखरी, कमलपोखरी, दरबार स्कुल, काठमाडौं दरबार स्क्वायर पुनर्निर्माण एमालेले गरेको भन्दै काठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न एमाले तयार रहेको बताउनु भयो ।

उहाँले मेयर बालेन काठमाडौंलाई थप सुन्दर बनाउन आवश्यक बजेट कति चाहियो योजना ल्याउन आग्रह गर्नुभयो । उहाँले मेयर साहलाई उत्तेजना फैल्याएर, उश्रृंखल गतिविधिमार्फत लाखौं युवाहरुले भविष्य,सपनालाई धोका नदिन आग्रह गर्नुभयो । उहाँले मेयरले नेताहरु जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएकोप्रति दुःख लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु भए । त्यसको दोष पनि एमाले र एमालेका अध्यक्षले बोक्नु पर्ने ? काठमाडौं महानगरपालिकाका प्रमुख बोलेन्द्र साहलाई सम्मानका साथ भन्न चाहन्छु । उहाँ जननिर्वाचित हुनुभएको छ । उहाँले चुनाव जितेर आएपछि हामी पनि आशावादी भएका छौं । उहाँले निर्वाचन चितेर आउने बित्तिकै तबेला उपहार दिनुभएको थियो । तबेला किन उपहार दिनुभयो । किन ड्रमबजाउने उपहार दिनुभएन । बोलेन्द्र साहले संगितको ड्रम बजाएर नै आउनु भएको थियो । तर अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो । मेयरलाई तबेलाको धुनमा काम गर्नुस् । तबेलाको अर्थ हो । कुरुणा,प्रेम,सदभाव र सम्यमता हो । तर काठमाडौं महानगरपालिका प्रमुखले सम्यमता गुमाउँदै जानु भएको छ । काठमाडौं महानगर मुलुकको राजधानी हो । महानगरपालिका जनप्रतिनिधि काठमाडौंको सभ्यताको प्रतिनिधित्व गर्छ । नेपालको सभ्यताको प्रतिनिधित्व गर्छ । ऋषीमुनी र बुद्धले बनाएको सभ्यता छ । आज त्यो सभ्यातामाथि धावा बोलिदै छ । २०५४ सालमा एमालले २०५४ सालमा महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य सहर बनाउने सफा सहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति बागमती,विष्णुमति,मनोहरा करिडोर बनायौं । खुसीबु जग्गा पल्यानिङ,टाउनपल्यानिङ गरौं । नयाँ शहर बनाउने थालनी गरेका हौं । काठमाडौंका बाटा चौडा बनायौं । माइतीघरमण्डला,तीनकुने चौडा बनाउने कुरामा भुमिका खेल्यौं । विद्यासुन्दर शाक्य मेयर भएर आएपछि काठमाडौंको भुकम्पपछिको निर्माणमा उल्लेखिय भूमिका खेल्यौं । रानीपोखरी,कमलपोखरी,दरबार स्कुल,काठमाडौं दरबार स्वयेर पुनर्निर्माण गरौं । काठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न तयार छौं । मेयर बोलन जीलाई भन्न चाहन्छु पैसा कति चाहियो । सरकार दिन तयार छ । प्रधानमन्त्री,अर्थमन्त्रीलाई भनौला काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईका योजना के छन् । आउनुस हामीसँगै काम गरौंला । तर उतेजना फैल्याएर,उश्रृखल गतिविधि गरेर होएन । तपाईमार्फत लाखौ युवाहरुले यो देशको भविष्य खाजेका हुन् । लाखौं युवाहरुले आफ्नो भविष्य,सपना तपाई मार्फत खोजेका हुन । पछिल्लो दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ । ती युवाहरु माथिको सपनालाई र मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यो हिसाबले अगाडि नबढ्न आग्रह गर्दछु । मेयरले नेताहरु जेल बसेको कुरालाई मज्जाकले उडाउनु भयो । हामीलाई दुख लागेको छ । केपी ओली,शेरबहादुर देउवा,पुष्पकमल दाहाल, माधव नेपाल,महन्त ठाकुर,अशोक राई,उपेन्द्र यादव लगायत अग्रभावमा हुनेहरु जेल बसेर यो व्यवस्था ल्याएका हुन । त्यस बापत काठमाडौं महानगरको मेयर तपाई हुनुभएको छ । ती नेताहरुको जेल बसाईलाई मज्जाक उडाउने । हामी भन्न चाहन्छौं । जो मान्छे जसले इतिहास माति गर्व गर्न सक्छ । यसरी तपाईले भण्डाफोर गर्ने हो भने आफ्नै आमा माथि तपाईले चिथोर्दै हुनुहुन्छ । तपाई आफ्नै आमाको अस्मिता माथि प्रश्न उठाउँदै हुनुहुन्छ । तपाई काठमाडौं महानगरपालिकाको मेयर हो भन्ने कुरा नभुल्नको लागि आग्रह गर्न चाहन्छु ।’

उहाँले नेताहरू जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्नु आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको बताउनु भयो । उहाँले नेकपा एमाले अहिलेसम्म भएका हरेक घटनामा छानविनको लागि तयार रहेको बताउनु भयो । उहाँले कसैले पनि एमाले माथि कसी लगाउन नपर्ने बताउनु भयो । उहाँले महाभारतमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खोजिएको जस्तै तीन वर्ष एमालेलाई घेरबन्दी गर्न खोजिएको तर आजको आधुनिक एमाले र एमाले अध्यक्ष केपी ओली आजको अभिमन्यु भएको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?