लेखक : जेसिका ग्रोस
अनुवादक : नारायणप्रसाद घिमिरे
शिक्षासम्बन्धी प्राविधिक विषयमा रिपोर्टिङ गर्ने क्रममा मैले केही वर्षयता पढेमध्येकै एकदम नरमाइलो कुरा फेला पारेँ । त्यो विषय प्रविधिले मानव सम्बन्धलाई कसरी प्रभाव पार्न सक्छ भन्ने बारेमा थियो । प्रविधि लगानीकर्ताको वेबसाइटमा फेला परेको त्यस लेखमा एन्डरसेन होरोविचले हौसिदै शीर्षक राखेकी थिइन-‘यो कम्प्युटर होइन, यो त साथी पो हो !’
यो लेख कसैको भनाइबाट सुरु हुन्छ । त्यो व्यक्तिको भनाइ अनुसार उसले च्याटबोट (एआई एप्स) लाई नै पूर्णरूपले आफ्नो जोडीको रूपमा अपनाएको छ : ‘एआईको राम्रो पक्ष भनेको यो लगातार विकास भइरहेको छ । एक दिन यो वास्तविक साथी (प्रेमिका) भन्दा पनि राम्रो हुनेछ । अनि कुनै दिन प्रेमिकाले भन्दा यी साथीले प्राथमिकता पाउने छिन् ।’ यो लेखमा ‘एआई साथी’ बनाएको प्रसंगहरूको यसरी उल्लेख गरिएको छ कि मानौँ च्याटबोटहरू नै भविष्यका स्वास्थ्य पेशाकर्मी, मानव सम्बन्धका प्रशिक्षक वा गफाडी सहकर्मी हुनेछन् ।
एउटा एआई कम्पनीको सहनिर्माताले वृद्ध मानिसको जीवनमा गुणस्तरीय सुधार गर्न प्रविधिले सहयोग पु¥याउँछ भने । ‘च्याटबोट वा भर्चुअल सहयोगीको रूपमा साथी संगति प्रदान गर्न सकिन्छ । यिनले उनीहरूसँग गफ गर्न सक्छन्, खेल्छन् र कुनै जानकारी पनि दिन सक्छन् ।’
केही दिनअघि, ओपन एआईले च्याट जिपिटी नामक च्याटबोटको नयाँ संस्करण ल्याएको छ । यसबाट होरोविचले भविष्यवाणी गरेजस्तै उदेकलाग्दो (मानवरहित) भविष्यको सङ्केत मिल्छ । वासिंटन पोष्टका अनुसार, ‘नयाँ मोडलको च्याटजिपिटी-४.० (‘०’को अर्थ ‘सर्वत्र’) ले प्रयोगकर्ताले शब्द, स्वर र तस्बिरमार्फत् गरेका निर्देशनको व्याख्या गर्न सक्छ र तिनै मोडलमा प्रतिक्रिया पनि व्यक्त गर्न सक्छ ।’
च्याटजिपिटी-४.० ले प्रयोगकर्तालाई टाइप गर्नभन्दा पनि बोल्नका लागि सहज बनाएको छ । पत्रिका थप लेख्छ, ‘यो परिष्कृत मोडेल (स्वर) ले मानिसका विविध भावना नै उतार्न सक्छ र प्रयोगकर्तालाई बोल्दै गर्दा बीचमै रोक्न पनि समय दिन्छ । यसले मानिससँग केही ढिलो गरी सँगै गफ ग¥यो र दाँत देखाएर खिस्स हाँसेको भिडियोको आधारमा ओपन एआईको कार्यकारीको भावना बुझ्यो ।’
जिपिटी-४.० र सन् २०१३ मा बनेको चलचित्र ‘हर’ (उनी) बीच धेरै तुलना गर्न सकिन्छ । यो चलचित्रमा एउटा मानिस उसको एआई सहयोगीसँग प्रेममा पर्छ । त्यो एआई सहयोगीलाई स्कारलेट जोहन्सोनको स्वर दिइएको छ । टाइम्स पत्रिकाको विचार पृष्ठ लेखक जुलिया एड्विनलगायत केही विश्लेषकहरूले च्याटजिपिटीको नयाँ भर्सन सिर्जनाहीन भएको विचार राखे । नयाँ भर्सनले उनीहरूमा खासै प्रभाव छोडेन । उनीहरूका अनुसार, मानिसजस्तो च्याटबोटले भावनात्मक चुनौती, विशेषगरी एक्लोपन र सामाजिक अलगावलाई झन् बढाउने सम्भावनाका बारेमा धेरै हल्ला छ ।
उदाहरणका लागि गत जनवरीमा एउटा एआई कम्पनीको सहनिर्माताले वृद्ध मानिसको जीवनमा गुणस्तरीय सुधार गर्न प्रविधिले सहयोग पु¥याउँछ भने । ‘च्याटबोट वा भर्चुअल सहयोगीको रूपमा साथी संगति प्रदान गर्न सकिन्छ । यी साथीहरू उनीहरूसँग गफ गर्न सक्छन्, खेल्छन् र कुनै जानकारी पनि दिन सक्छन्, जसले गर्दा ती वृद्धहरूको एक्लोपन र दिक्दारी कम हुन्छ ।’ वास्तवमै एआई च्याटबोटको प्रयोग महŒवपूर्ण र फाइदाजनक छ-जस्तै, यिनीहरूको प्रयोगबाट दृष्टिविहीन मानिसहरूले आफ्नो जीवनकै ठूलो परिवर्तन महसुस गर्न सक्छन् । तर, पछि गएर यस्ता बोटले मानव सम्पर्ककै प्रतिस्थापनका रूपमा काम गर्छन् भन्ने धारणाले वास्तविक अर्थमा एक्लोपन के हो भन्ने कुराको गलत अर्थ लगाउँछ । यो धारणाले मानिसको एक्लोपन हटाउन मानव स्पर्शको आवश्यकता पर्छ भन्ने बोध पनि गराउँदैन ।
‘एक्लोपन’ को वास्तविक अर्थबारे शिक्षाविद्हरू बीच पनि फरक धारणा छ तर यसलाई सामाजिक समस्याका रूपमा हेर्दा यसको परिभाषामा निखार ल्याउनु पनि उचित हुन्छ । ‘गोइङ सोलो’ र ‘प्यालेसेस फर द पिपुल’ लगायत सामाजिक अविभाज्यतासम्बन्धी थुप्रै किताबका लेखक तथा न्यूयोर्क विश्वविद्यालयका समाजशास्त्री एरिक क्लिनेनवर्गले मसँग एक्लोपनको जटिलताबारे यसरी व्याख्या गरे, ‘मलाई लाग्छ एक्लोपनमा हाम्रो शरीरले हामीलाई मानिससँग अझ राम्रो र अझ बढी सन्तोषजनक सम्बन्ध आवश्यक छ भन्ने सङ्केत गर्दछ ।’
क्लिनेन वर्ग भन्छन्, एक्लो र एक्ल्याइएका मानिसलाई सहयोग गर्न हामीले सामूहिक घरबास, बगैँचा, पुस्तकालय र अन्य किसिमका पहुँचयोग्य सामाजिक पूर्वाधारहरूको विकासमा लगानी गर्नुपर्छ, जसले गर्दा सबै उमेर समूहका मानिसलाई एकआपसमा नजिक राखिरहन्छ ।
उनले थपे, ‘एक्लोपनका विशेषताबारे अध्ययन गर्दा मुख्य कुरा यो आउँछ कि मानिसहरू सामान्य स्वस्थ एक्लोपन र दोहोरिरहने जोखिमपूर्ण एक्लोपनबारे भिन्नता छुट्याउन सक्दैनन् । स्वस्थ एक्लोपनमा आवश्यक पर्दा मानिस सहजै सामाजिक दुनियाँमा घुलमिल गर्न तयार हुन्छ तर दोहोरिरहने जोखिमपूर्ण एक्लोपनमा भने मानिस घरबाट बाहिर ननिस्कने मात्र होइन, आफैंमा एकोहोरिएर मानसिक रोग (डिप्रेसन) ग्रस्त हुन्छ र समाजदेखि डराउँछ ।
एक्लोपनको सम्भावित समाधानको रूपमा लिइएको बोटसँग गफ (च्याट) गर्ने कुरा मलाई किन राम्रो लाग्दैन भने यो यस्तो उपाय हो जसले अरू मानिससँग सम्पर्कमा रही सामाजिक बन्ने हाम्रो भावनालाई नै कमजोर पार्छ । कतिपय अनुशन्धानले मानव स्पर्शको कमीले पनि एक्लोपनको भावना झन् बढेर जाने संकेत गरेका छन् । स्टर्लिङ विश्वविद्यालयका अनुशन्धाताहरूले सन् २०२३ मा तयार गरेको लेखमा एक्लोपनबारे सटिक र पूर्ण भनाइ प्रस्तुत गरेका छन्, जहाँ भावनालाई ‘मानिसबाट नछुट्टिने र सन्दर्भसहितको महसुस गरिने अनुभव’का रूपमा व्याख्या गरिएको छ ।
त्यो अनुशन्धानमूलक लेख एक्लोपनको भावमा अप्राकृतिक र वास्तविक स्पर्शको प्रभावका बारेमा छ । लेखका सहलेखक निक ग्रेले मलाई भने उनले अहिलेसम्म एक्लोपनमा विश्वासिलो एआई च्याटबोटको प्रभाव हुन्छ भन्ने अनुसन्धान देखेको छैन किनकि यो एकदमै नयाँ प्रविधि हो । तर, यो विधाका उनको सहित अघिल्ला अनुसन्धानको आधारमा कुरा गर्दा, उनले सुनाए, ‘विश्वासिलो एआई च्याटबोटले एक्लोपनको भवनाबाट क्षणिक उन्मुक्ति त दिन्छ तर यसले एक्लोपन कम गर्छ वा मानिसलाई एक्लोपनबाट मुक्ति दिन्छ भन्नु बढाइचढाइ गर्नु हो ।’
क्लिनेन वर्गले थप बताए-कोभिड-१९ महामारीमा बाध्यकारी दूरी अपनाएको समयमा उनीहरूले प्राकृतिक अनुसन्धान गरेका थिए र यसको परिणाम थियो : उनीहरूले विशेष गरी एक्लै बस्ने मानिसहरूले मानव अन्तक्र्रियाका लागि धेरै चासो देखाए । ‘यदि मैले तपाईंलाई यो नयाँ महामारीले यही गर्मी मौसममा फेरि पिरोल्छ र अर्को वर्ष हामीले एक्लै हुने छौं वा घरमा परिवारसँग हुनेछौं, जहाँ सबै सार्वजनिक सेवा बन्द हुनेछन् भन्दा, यस्तो अवस्थामा एआईको कुनै कुराले पनि हामीलाई राहत प्रदान गर्छजस्तो मलाई लाग्दैन । र, प्रत्यक्ष अन्तक्र्रिया र मानव स्पर्शविनाको संसार अत्यन्त डरलाग्दो हुनेछ ।’ उनले एआईको विकासमा लगानी गरिरहेका कतिपय कम्पनीहरू महामारीपछि कार्यालयमै फर्किएर काम गर्नेमध्येका कम्पनी भएका हुनाले पनि तिनीहरूले केही मात्रामा पनि मानव अन्तक्र्रियाको मूल्यमा विश्वास गर्छन् ।
‘के एआई सञ्चालित रोबोट ‘जोडीहरू’ ले मानव एक्लोपन हटाउन सक्ला ?’ शीर्षकको समाचारमा उल्लेखित एक अनुच्छेदले मलाई नराम्ररी बिजायो । अकल्याण्ड, ड्युक र कोर्नेल विश्वविद्यालयहरूले रोबोटको माध्यमबाट वृद्धवृद्धामा हुने एक्लोपन कम गर्न अध्ययन अनुसन्धान गरिरहेका छन् : ‘अहिले, सम्पूर्ण प्रमाणले देखाएका छन् कि वास्तविक साथी नै सही समाधान हुन्छ,’ ड्युक विश्वाविद्यालयका मानसिक रोग र वृद्ध रोग विशेषज्ञ तथा मष्तिष्क विज्ञानसम्बन्धी ड्युक संस्थानका सदस्य मुरली दोरइ स्वामी (एमबिबिएस, एफआरसिपी) ले बताए । उनले भने, ‘तर, समाजले सामाजिक लगाव/अविच्छिन्नता र बुढ्यौली स्याहारलाई प्राथमिकतामा नराखुन्जेल, अरू सहारा नभएका लाखौं एक्ला मानिसहरूका हकमा भने रोबोट समाधान हुन् ।’
के यदि एआई च्याटबोट विकास गर्नमा खर्च हुने अर्बाैं लगानीको अति थोरै अंश पनि हामीले जानेका मानव र भौतिक विषयवस्तुमा लगायौं भने एक्लोपनलाई कम गर्न सहयोगी हुँदैन र ? क्लिनेन वर्ग भन्छन्, एक्लो र एक्ल्याइएका मानिसलाई सहयोग गर्न हामीले सामूहिक घरबास, बगैँचा, पुस्तकालय र अन्य किसिमका पहुँचयोग्य सामाजिक पूर्वाधारहरूको विकासमा लगानी गर्नुपर्छ, जसले गर्दा सबै उमेर समूहका मानिसलाई एकआपसमा नजिक राखिरहन्छ ।
‘हामीमाझ यतिखेर यस्ता एक्ला मानिसहरूको पहिचान गर्ने र उनीहरूको रेखदेख गर्नुपर्ने वास्तविक सामाजिक, नीतिगत र मानवीय चुनौतीहरू छन्,’ क्लिनेन वर्गले भने र थप जोड दिए, ‘तर मलाई पनि थाहा छ यो काम धेरै कठिन छ र हामी सबै यी चुनौतीहरूलाई एकसाथ अघि बढाउन असफल भएका छौँ ।’ हामी संकटापन्न व्यक्तिहरूको साथ सहयोगका लागि पैसा वा समय खर्च गर्न चाहँदैनौँ । ‘एक किसिमले भन्दा यो हाम्रो सामूहिक असफलता हो । हाम्रो यही अकर्मण्यताले एआई र प्रविधिलाई अवसर सिर्जना गरिदिएको छ ।’
(स्रोत : न्यूयोर्क टाइम्स, मे २०२४)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच