राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय लिन लोसपाको बैठक सुरु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

आईतवार काठमाडौंमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने भएको हो । संगठनलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा पनि बैठकमा प्रश्ताव प्रश्तुत गरिएको छ । साथै बैठकमा पार्टीको विधान पुनरावलोकन गर्ने र पार्टीका आन्तरिक गतिविधिका लागि प्रश्ताव आएको पार्टीका महासचिव केशव झाले बताउनु भयो । उहाँले बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने÷नहुनेबारे निर्णय गर्ने बताउनु भयो । उहाँले पार्टीको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रिय समितिमा स्थापनाकालदेखिका नेताहरुको नाम नराखिएकोप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिको बैठकमा खास गरेर राष्ट्रिय सभाको निर्वाचनलाई लिएर केन्द्रिय समितिको निर्णय दिनुपर्ने भएकाले यो बैठक बसेको हो । राष्ट्रिय सभाको निर्वाचनमा भाग लिनलाई केन्द्रिय समितिबाट निर्णय गर्नुपर्ने छ । संगठनलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा केही प्रश्ताव प्रश्तुत भएको छ । पार्टीको विधान पुनरावलोकन गर्ने सन्दर्भमा पार्टीका आन्तरिक गतिविधिका लागि प्रश्ताव आएका छन् । संगठन सुदृढिकरणका लागि पनि प्रश्ताव आएका छन् । वरिष्ठ नेता राजेन्द्र महतोले बैठक बहिष्कार गर्नुभएको छ । उहाँलाई आउनुअघि पनि आग्रह गर्दा यसअघि पदाधिकारी समितिको बैठक भयो त्यसमा आफ्ना कुरा राखेको थिएँ, जसअन्तर्गत उहाँसँग ३५ वर्षदेखि स्थापनाकालदेखिका नेताहरुको नाम केन्द्रिय समितिमा छोडियो । त्यसकारण तत्काल सम्बोधन गर्नुपर्छ भनेको थिएँ, सम्बोधन गर्छु भन्नुभएको थियो, तर भएन र बैठक बोलाउनुभयो, म त्यसैकारणले बैठकमा नआएको भन्नुभएको छ ।’

महासचिव झाले ३५ वर्षदेखिका सहकर्मीहरुलाई केन्द्रिय सदस्यमा राख्नुपर्ने प्रश्ताव आफूले गर्दा पार्टी अध्यक्ष महन्थ ठाकुरले बेवास्ता गरी बैठक बोलाएपछि आफू बैठकमा आउन नसकेको जानकारीवरिष्ठ नेता महतोले गराएको पनि बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता कालीकोटमा ट्याक्टर दुर्घटना, चालकसहित दुई गम्भीर घाइते