सुर्खेत बसपार्क दुर्घटनाः आफन्तद्वारा टायर बालेर आन्दोलन

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले विहानैदेखि आन्दोलन शुरु गरेका छन् । छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन् ।

उचित क्षतीपूर्ती र सवारी चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडी, मंगलगढी चौक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?