नेपाल राष्ट्रको निमार्णमा विभिन्न वीर योद्धाले आफूलाई समर्पित गरेका छन् ता पनि एकिकरण शंखघोस गर्ने पृथ्वी नारायण शाहा हुन् भन्नमा संकोच मान्नु पर्दैन । त्यस्तै गरेर भाषिक एकता- पुत्रमा घाँसीको प्रेरणाबाट उत्साहित भएका भानुभक्तले रामायणको नेपालीमा अनुवाद गरेर एउटै सूत्रमा बाध्न पुगे ।
जुन समयमा एक अर्कोको विचार बुझ्न र बुझाउन कठिन थियो । तत्पश्चात विभिन्न कवि, कथाकार लेख रचनाहरू लेखिए तापनि मोतीराम भट्टले भानुलाई अझ जन समक्ष ल्याउने काम भयो । प्राथमिक कालले वीर उठाएको पाइन्छ भने माध्यामिक कालमा भक्ति तथा शृंगार रसले प्राथमिक ता पाइन्छ । यहाँ सबै विद्याभन्दा कविता विधाको चर्चा गर्न खोजिएको छ ।
नेपाली साहित्यमा प्राथमिक र माध्यामिक भन्दा आधुनिक कालका कवि मुर्धन्य सम्टाहरूको बारेमा बोलिँदैछ । आधुनिक कविमा गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, माधव घिमेर । १९९२ मा नै नेपाली नेपाली साहित्य आकाशमा विचरण भएको मुनामदन खण्डकाव्य साहित्यको शिखर विन्दुमा रहेको छ । जुन सर्वाधिक लोकप्रिय रचना हो । त्यस्तै गरेर माधव घिमिरेको राष्ट्र राष्ट्रियतालाई आत्मसाथ गरेको नेपालीहामी रहुँला कहाँ नेपालै नरहे त्यो भावोद्गार प्रत्येक नेपालीको मनमस्तिष्कमा विराजमान भएको छ ।
नेपालको जर्जर अवस्थामा राष्ट्र प्रेमको भावनाले प्रेरित व्यत्तित्व सिद्धिचरण श्रेष्ठको त्याग तपस्या, नेपाली साहित्यमा सुनौला अक्षरले लेखिएको छ । ओखलढुंगामा जन्मेर काठमाडौंलाई कर्मथलो बनाउनु भएका युग कविको जन्मस्थानप्रतिको आत्मीक भावोद्गार ओखलढुंगा कवितामा व्यक्त भएको छ ।
आफ्नो जन्मस्थानलाई सुक्षमरूपमा मनन् गर्नुभएका युगकवि ज्यादै सरल स्वभाव, प्रकृतिको भएको कुरा मेरो अनुभूति रहेको छ । उहाँ पदीय आसनमा रहेको बेलामा भन्नाले ४२/४५ साल ती कुरा हो । मैले ‘मेरो धर्तीका माकुरा’ कवितामा उहाँको शुभकामना सन्देश लिन जाँदा उहाँले देखाउनु भएको हार्दिकता स्मरण योग्य रहृयो ।
तत्कालीन अवस्थामा उहाँको उच्च स्थान र म भरखर वामे सर्न लागेको समयमा तत्काल अध्ययन गरेर सुभ सन्देश दिनु भएको त्यो क्षण सायद कमै रचनाकारले प्राप्त गरेका होलान् । त्यो आत्मश्रद्धा, त्यो चाख, त्यो समर्पण भाव, नवशिकाप्रति राखिएको स्नेह भाव, त्यो सरलता, निर्मलता नै उहाँको विशिष्ठता हो भन्ने मेरो आत्म स्वीकृति रहेको छ । सायद त्यही सफलताले मलाई दर्जनौं संग्रह लेखा ऊर्जा थपेको हुनसक्छ ।
ओमबहालमा रहेको उहाँको निवास तत्कालीन विशिष्ठ नै देखिन्छ । जस्तो निवास थियो- उहाँको जीवन शैली सामान्यभन्दा सामान्य देखिन्थ्यो । तडक भएक केही थिएन । सरलभन्दा सरला कोठाभित्रको अवस्था देखेर मलाई नै लाग्यो । उहाँ जस्तो विशिक व्यत्तित्व, विचारको धनी, प्रकृतिप्रेमी राष्ट्र भक्तको सोचले पनि मलाई निकै प्रेरणा मिल्न पुग्यो । तसर्थ राष्ट्र वा सर्वधारण व्यक्तिले उच्चसनमा राखेका व्यक्तित्व हरू सदा-सर्वदा आफूलाई सरल, स्वभाविक रूपमा प्रस्तुत गरेमा राष्ट्र, राष्ट्रियता, समाज प्रतिको दायित्व निर्वाह गरेको महससु अवश्य हुनेछ । अस्तु
अर्घाखाँची, हाल अमेरिका ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच