भोजपुर । आँखाकासँगै भोजपुरमा कानका बिरामीहरुको लागि पनि दुई दिने कान उपचार शिविरको आयोजना गरिएको छ ।
नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुर, लहान आँखा उपचार केन्द्र र बिराटनगर आँखा अस्पतालको संयुक्त आयोजनामा भोजपुर नगरपालिका वडा नम्वर १२, पुरानोडवलीमा रहेको आँखा तथा कान उपचार केन्द्रमा शिविर सुरु भएको हो ।
शिविरको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले उद्घाटन गर्नुभयो । दुर्गम जिल्लाका नागरिकहरुका लागि आयोजना गरिएको यस्ता शिविरहरु प्रभावकारी हुने नगर प्रमुख आलेले बताउनुभयो ।
आँखासँगै कानको समेत समस्या देखिने गरेकाले जिल्ला स्तरमा कान परीक्षण शिविरको समेत आयोजना गरिएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आँखाको साथै केन्द्रमा कानको समेत उपचार हुन्छ, अब कानका लागि पनि छुट्टै शिविरको आयोजना गर्न थालिएको छ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच