![जिहो एक्सचेन्ज एण्ड अपग्रेड](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/zeho-exchange.jpg)
काठमाडौं । प्राइम कमर्सियल बैंकले सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गर्दै दुर्ई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जयराम महतले गोकर्णेश्वर एक्सटेन्सन काउण्टर उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।
त्यसैगरी बैंकले आइतबार कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रवासमा पनि एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टर उद्घाटन वडा ३ का वडाध्यक्ष राममणि पुडासैनीले गर्नुभएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले ग्राहकलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच