खोटाङ । बैदेशिक रोजगारीबाट छुट्टीमा घर आउने क्रममा बाटोमै मृत्यु भएका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका गोपाल विष्टको परिवारले आर्थिक सहायता पाएको छ।
रोजगारी गर्न मलेसिया पुगेका विष्टको छुट्टीमा घर आउने क्रममा गत माघ ९ गते खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीमाथिको झोलुङगे पुलबाट खसेर ज्यान गएको थियो ।
विष्टको ज्यान गएपछि खोटेहाङ गाउँपालिकाद्धारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तर्गत आप्रवासी श्रोत उपकेन्द्र खोटाङबजार र खोटेहाङ गाउँपालिका उपाध्यक्ष रुपेश राईको पहल र सहजीकरणमा बैदेशिक रोजगार बोर्डबाट सात लाख र ज्योति लाइफ इन्स्योरेन्सको म्यादी जीवन बीमामार्फत १३ लाखसहित २० लाख आर्थिक सहायता पाएका हुन् ।
आर्थिक सहायताको रकम विष्टको श्रीमती चन्द्रकलाको बैंक खातामा बोर्डले जेष्ठ २२ गते र इन्स्योरेन्सले बैशाख २२ गते जम्मा गरिदिएको आप्रवासी श्रोत उपकेन्द्र खोटाङबजारका सूचना परामर्शकर्ता युवराज कालिकोटेले जानकारी दिनुभयो।
एसभी एसोसिएट काठमाण्डौमाफर्त २०७८ जेष्ठ २६ गते मलेसिया पुगेका विष्ट २०८० माघ ४ गते काठमाण्डौ ओर्लेर पाँच दिनपछि उदयपुर हुँदै घर आउँदा पुलबाट खसेका थिए । विष्टको श्रीमती, दुई छोरा र एक छोरी छन् ।
बैदेशिक रोजगार बोर्डले करार अवधिमा मृत्यु भएका व्यक्तिको परिवारलाई किरिया खर्च लगायतका लागि ७ लाख आर्थिक सहायता गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच