
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुतिसँगै घट्दोक्रममा रहेको सेयर बजार मंगलबार भने ३३.१५ अंकले बढेर २११५.२४ अंकमा पुगेको छ । तीन सय ११ कम्पनीका एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता सेयर पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३६ करोड ३० लाख ९२ हजार रुपैयाँ बराबरका पाँच लाख २५ हजार एक सय २५ कित्ता सेयर खरिदबिक्री भएका छन् भने माउन्टेन इनर्जी नेपालको तीन लाख ७१ हजार नौ सय ८१ कित्ता सेयर २३ करोड १७ लाख ७० हजारको कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्त १० करोड ८२ लाख ८६ हजार, जानकी फाइनान्स १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको नौ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै समूहगत सूचक बढेका छन् । हाइड्रोपावर सर्वाधिक २.५८, जीवन बिमा २.४०, निर्जीवन बिमा २.१९, फाइनान्स २.१६ र व्यापार २.१२ प्रतिशतले बढेको छ भने बैंकिङ, विकास बैंक, लगानी र लघुवित्त पनि एक प्रतिशतभन्दा धेरैले बढेको छ ।
कारोबारमा आएका तीन सय ११ कम्पनीमध्ये पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । वरुण हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथरी बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर र अपर हेवाखोला जलविद्युत्को सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
एनआरएन इन्फ्रास्टक्चर ९.०८, मल्टिपर्पस फाइनान्स ८.०९, मनकामना स्मार्ट लघुवित्त ७.५४, कालिका पावर ७.०४ र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ७.०१ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । तर, सामलिङ पावरको सर्वाधिक ५.८१, कुमारी इक्विटी फण्ड ४.९४, एनआइसी एसिया फ्लेक्सी क्याप ३.३१ र नेपाल रिपब्लिक मिडियाको १.९६ प्रतिशतले घटेको छ । मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण २९ अर्ब ४७ करोड ४३ लाख रुपैयाँले बढेर ३३ खर्ब ५४ अर्ब १५ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच