सेफ्टी एण्ड सेक्युरिटी मेलामा आकर्षण

Read Time = 2 mins

काठमाडौं । नेपालमै पहिलोपटक आयोजित फायर, सेफ्टी एण्ड सेक्युरिटीसम्बन्धी प्रदर्शनी ‘नेपाल फायर, सेफ्टी एण्ड सेक्युरिटी एक्स्पोमा आकर्षण देखिएको छ । स्टार एक्जिबिसन इण्डियाले भृकुटीमण्डपमा शुक्रबारदेखि आयोजना गरेको मेलामा आकर्षण देखिएको हो ।

स्टार एक्जिबिसनका प्रमुख जाकिर खानले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीमा फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रोडक्ट, टेक्नोलोजी, इक्विपमेण्ट एण्ड इनोभेसनका नयाँ र विकसित संस्करण प्रदर्शन गरिएको जानकारी दिनुभयो ।

फायर एण्ड सेक्युरिटी एसोसिएसन अफ इण्डिया र एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन, नेपाल(एपिएसए–नेपाल च्याप्टर)को सहयोग रहेको मेला व्यवस्थापन भने डिएन इभेन्ट्स प्रालिले गरेको छ । आइतबार सम्पन्न मेलामा नेपाल, भारत, चीनबाट करिब ८० भन्दा बढी कम्पनीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

फायर, सेफ्टी एण्ड सेक्युरिटीका नवीनतम विकासमा दुई देशबीच जनता–जनता सम्पर्क तथा जानकारी दिनु मेलाको मूल्य उद्देश्य रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?