काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले पहिलो गोल गरेको छ । अघिल्लो पाँच खेलमा गोल र जितविहीन नेपालले साउदी अरबको दम्मामस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा मंगलबार राती यमनविरुद्ध गोल गर्न सफल भएको हो । नेपालले खेलको २३औँ मिनेटमा गोल गरेको हो । सञ्जीव विष्टले बक्सभित्रबाट खेलमा बराबरी गोल गर्नुभएको थियो । नेपालले यसअघि पहिलो गोल खाएको थियो । नवौँ मिनेटमा पेनाल्टीमार्फत् नेपालले गोल खान पुगेको थियो ।
बक्सभित्र मनिष डाँगीले रमी अल-वासमानीमाथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाउनुभएके थियो । विष्टले नेपालका लागि पहिलो गोल गर्दै बराबरीमा ल्याउनुभएको थियो । नेपालका लागि विष्टपछि जिलेस्पीजंग कार्कीले १ गोल गर्नुभयो । दुवै खेलाडीका लागि अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो । अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा भने नेपालले यमनसँग बराबरी खेल्नुप¥यो । दुई देशबीचको खेलमा दुई/दुई गोलको बराबरी भएको हो ।
६६औँ मिनेटमा नेपालले खेलमा अग्रता लिएको थियो । छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो । तर, इन्जुरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल-दाहीको गोलमार्फत् बराबरी गर्दै एक अंक लिन सफल भएको हो । नेपालले समूहको ६ खेलमा एक अंकसहित दोस्रो चरणको यात्राको अन्त्य गरेको छ । नेपाल रहेको समूह ‘एच’ मा युएईले १६ अंकसहित पहिलो हुँदै र बहराइन ११ अंकसहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । यस्तै, पाँच अंकसहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्नेछन् ।
खेलपछि किरणलाई एक सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो । अखिल नेपाल फुटबल संघ-एन्फाका महासचिव किरण राईले कदर पत्र र कोट पनि प्रदान गर्नुभएको थियो । किरण सन् २००८ देखि नेपालको सिनियर राष्ट्रिय टोलीमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच