पत्रकार नेत्र पाठकको निधन

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

झापा । झापाका पुराना पत्रकार नेत्र पाठकको निधन भएको छ । झापा बिर्तामोड नगरपालिका-४ मेघाबारी निवासी ७२ वर्षीय पाठककाे आज आफ्नै निवासमा मृत्यु भएको हो ।

पाठक केही वर्ष अघिदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई प्रोष्टेट क्यान्सर, ब्रेनको नशा सम्बन्धी रोग, दम र निमोनियासमेत भएको थियो । उहाँ तीन महिना अघिदेखि घरमै आराम गरिरहनु भएको थियो ।

उहाँ नेपाल प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । २०४९ सालदेखि २०५३ सालसम्म दुई कार्यकाल नेपाल पत्रकार  महासंघ झापा शाखाको कार्यसमिति सदस्य रहनु भएको पाठकले २०५३ देखि २०५५ सालसम्म महासंघ झापाको सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो ।उहाँले २०६२ सालमा नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा प्रतिस्पर्धासमेत गर्नुभएको थियो ।

झापमा रहेर पञ्चायती व्यवस्था र शाहीकालमा त्यस विरुद्ध डटेर विभिन्न सञ्चार माध्यममा आवद्ध भइ  पत्रकारिता गर्नु भएको उहाँले लामो समय स्वाधीन स्वाद साप्ताहिकमा सम्पादकको भूमिका निर्वाह गर्नु भएको थियो ।

सेवा निवृत्त शिक्षकसमेत रहनु भएको उहाँले नेपाल शिक्षक संगठन झापाको नेतृत्वदायी भूमिकासमेत सम्हानु भएको थियो । हिमाल मावि पृथ्वीनगरबाट शिक्षण पेसा सुरु गर्नु भएका पाठक देवी मावि बिर्तामोडबाट सेवा निवृत्त हुनु भएको थियो ।

उहाँका श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ । उहाँका छाेरा विदेशमा रहेकोले उहाँ आएपछि मात्रै पत्रकार पाठकको दाहसंस्कार गरिने पारिवारीक स्राेतले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?