काठमाडौं । निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्सफर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा बस्ने नेपालीहरूले सुरक्षित र सहजरूपमा नेपालमा पैसा पठाउन सक्नेछन् । कम्पनीका अनुसार वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरूको रोजाइको गन्तव्यमा अहिले रोमानिया निकै आकर्षक गन्तव्य बनेको छ ।
हाल रोमानियामा २२ हजारभन्दा बढी नेपालीहरू आफ्ना परिवारका लागि कामका साथै बसोबास गरिरहेका छन् । रोमानियामा रहेका नेपालीहरूले अब ट्रान्सफर रेपिडबीचको शाखा, वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारीरूपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोबार निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुनेछ ।
साथै नगदमा पठाइएको कारोबार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भन्नुभयो, ‘हामी अब ट्रान्सफर रेपिडसँगै नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरमा कष्ट मुभिङ फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच