हुण्डाई कोना जिएलको मूल्य सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल इलेक्ट्रिक सार्वजनिक गरेको छ । कम्पनीले कोना जिएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकेको छ । कोना इभीको इन्ट्री भेरियन्ट जिएल ५९ लाख ९६ हजार र जिएल एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

विद्युतीय गाडीको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले इलेक्ट्रिक मोडल कोनाको जिएल भर्सन ल्याएको हो । कम्पनीका अनुसार कोना इलेक्ट्रिक एउटा सफल क्रसओभर इभी हो । नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ । नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको छ । नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी यसमा भएको मुख्य परिमार्जन हो ।

हुण्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि-सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ । हुण्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाई इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्नेछ । एकपटकको सिंगल चार्जमा तीन सय पाँच किलोमिटरसम्म गुडाउन सकिने तथा सय किलोवाट डिसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्ने कम्पनीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?