‘बाँचेका थियौ’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संगीतकार योगेन्द्र उपाध्यायको गीत ‘बाँचेका थियौ’ लोकार्पण गरिएको छ । राधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा स्वररूपराज आचार्यको स्वर र डा.विनुबाबा अर्यालको शब्द रचना छ । संगीतकार तथा राष्ट्रिय लोक सांस्कृतिक संघका उपाध्यक्ष दीपक शर्मा, गायक तथा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका महासचिव नमराज ढुंगाना, कान्तिपुर दैनिकका कपी इडिटर तथा पुस्तक सम्पादक पारस प्रकाश नेपाल, इभेण्ट निर्देशक तथा ब्युटि पेजेण्ट एसोसियसन नेपालका महासचिव निशुकान्त झा र संगीतकार उपाध्यायले संयुक्त रूपमा गीत लोकार्पण गर्नुभएको हो ।

संगीतकार उपाध्यायले स्याड भर्सनको यो गीतमा शब्दको भाव अनुसारकै संगीत सिर्जना गर्ने आफ्नो कोसिस रहेको बताउनुभयो । उहाँले सधैं आफ्ना अघिल्ला गीतभन्दा केही न केही भिन्न सिर्जना गर्न रुचाउने स्वभाव रहेको भन्दै सार्वजनिक गीतको मूल्यांकन गर्ने जिम्मा अब श्रोताहरूसँग रहेको सुनाउनुभयो ।

कार्यक्रममा अतिथिहरूले आ-आफ्ना भनाइ राख्नुभएको थियो । सो अवसरमा गीतकार डब्बु क्षेत्री, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, गीतकार दयाराम पाण्डेय, चलचित्र निर्देशक माधवराज खरेल, डश म्युजिकका प्रबन्ध निर्देशक तथा संगीतकार शंकर थापा स्माइल, संगीतकार सुवास जोशी, गीतकार डा.अर्याललगायत व्यक्तित्वको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?