
काठमाडौं । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्ने सम्बन्धी अमेरिकी प्रतिस्पर्धा ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा नेपालका अर्जुनबहादुर थापा उत्कृष्ट १० भित्र पर्नुभएको छ । तनहुँ मूलघर भई हाल बेलायतमा बस्दै आइरहनुभएका थापा यो प्रतियोगितामा अब उत्कृष्ट पाँचजना सेफका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।
फेबरेट सेफ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ ।
विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहनुभएका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिनुभएको छ । यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिनेछ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ ।
बेलायत तथा स्विट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसक्नुभएका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच