![सामसुङ टिभीमा अफर](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/samsung-t-20-offer.jpg)
काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा सोसम्बन्धी सम्झौतापत्रमा टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत् प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउनेछ ।
बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनुअघि नै सर्टकोड ११५५ मार्फत् ती क्षेत्रका मोबाइल फोनवाहकले प्राप्त गर्न सक्नेछन् । जसअनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लु), शीतलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन, डढेलोजस्ता विपद्को पूर्वसूचना उपलब्ध गराइनेछ । जसका लागि टेलिकमले विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्न पहिलेदेखि नै छ सय सिम उपलब्ध गराइरहेकोमा अब थप एक सय सिमसमेत गरी सात सय थान सिम उपलब्ध गराएको छ । साथै प्रतिमहिना तीन सय एमबी डाटासमेत निःशुल्क उपलब्ध छ ।
टेलिकमले विगत २०७३ सालदेखि नै यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गर्दै आएको र २०७९ साउन १६ गते भएको सम्झौतामा थप बुँदासमेत समावेश गरी सम्झौता नवीकरण गरिएको टेलिकमका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच