हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार शाही विजयी

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा बागि उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन । ५२३ मतको अन्तरले माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार गोविन्दबहादुर शाहीलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार शाहीले १ हजार ६९५ मत ल्याउनुभयो । उहाँ कांग्रेस निकटका हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिस्पर्धि गठबन्धनबाट माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार १७१ मत प्राप्त गर्नुभयो । माओवादी केन्द्र र कांग्रेसबीच तालमेल थियो ।

उता कांग्रेसबाट रूष्ट स्वतन्त्र प्यारीलाल शाहीको नेकपा एमाले , एकीकत समाजवादी बिच तालमेल रहेको थियो । उपाध्यक्ष एकीकत समाजवादीका प्रेमकला शाही विजयी हुनुभएको छ । १९९ मतको अन्तर गर्दै शाही विजयी हुनुभएको हो । १ हजार ३७२ मत शाहीको छ । भने गठबन्धन कांग्रेसकी मैना बुढाले १ हजार १७३ मत ल्याउनुभएको छ ।

चंखेली गाउँपालिका वडा– १ मा वडाध्यक्ष एमालेका गोविन्द बोहरा, वडा नम्वर– २ मा काँग्रेसका विर्ख सिंह, वडा नम्बर–३ मा माओवादी केन्द्रका भारमल बुढा, वडा नम्बर–४ स्वतन्त्र पदमबहादुर शाही, वडा नम्बर– ५ मा स्वतन्त्र हर्कधन तामाङ , वडा नम्बर–६ मा स्वतन्त्र जयबहादुर सिरा विजयी हुनुभएको छ ।

हुम्लाको सात गाउँपालिका मध्ये तीन पालिका कांग्रेसको भाग र चार पालिका माओवादी केन्द्रको भागमा परेको थियोे । तर माओवादी केन्द्रले आफ्नो भागमा परेको सबै पालिका हत्याउन सकेनन । माओवादी केन्द्रकै गड मानिएको चंखेली गाउँपालिका स्वतन्त्रले हत्याएको छ ।

ताजाँकोट, नाम्खा, सिमकोटमा माओवादी केन्द्रका अध्यक्ष विजयी छन । अदानचुली, सर्केगाड, खार्पुनाथमा उपाध्यक्षमा चित बुझाउन बाध्य छन । यस्तै नेपाली कांग्रेसले अदानचुली, सर्केगाड, खार्पुनाथ गाउँपालिका अध्यक्षजितेको छ । ताजाकोट, सिमकोट, नाम्खामा भने उपाध्यक्ष विजयी भएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?