काठमाडौं । अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्राण्ड एम्बासडर नियुक्त हुनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार हमालले आगामी एक वर्षसम्म राठीकोलका विभिन्न विज्ञापनमार्फत् प्रचार गर्नुुहुने कम्पनीले जनाएको छ ।
सो अवसरमा राठी ग्रुपका अध्यक्ष राठीले ‘राठी’ ब्राण्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताउनुभयो । हमाललाई ब्राण्ड एम्बासडरका रूपमा स्वागत गर्दै सहकार्यले नेपाली चलचित्र र समाजका लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तमरूपमा मेल खाने दाबीसमेत उहाँले गर्नुभयो ।
अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेसनल प्राइड’का रूपमा सम्बोधन गर्दै नेपालमा गुणस्तरीय उत्पादन हुनु सबै नेपालीका लागि गर्वको कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्राण्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ । यो बिन्दुमा आएर यो ब्राण्डसँग जोडिन पाउँदा निकै खुसी लागेको छ ।
कुनै एउटा उत्पादनले जुन विश्वास उपभोक्तामा दिलाएर बसेको छ, त्यो ब्राण्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो । मैलेमात्र यो ब्राण्डलाई खोजेको छैन, यो ब्राण्डले पनि मलाई खोजेको छ । म आभारी छु ।’ राठीकोलको मुख्य नारा ‘टाँस्छ मज्जाले टाँस्छ’ रहेको छ ।
राठीकोल उत्पादन प्रिमियम उड एढेसिभ, इकोनोमिकल उड एढेसिभ, साइनोएक्रिलेट (सुपरग्लु), क्राफ्ट एढेसिभ (विषादीरहित), पारदर्शी एढेसिभ, इण्ड्रस्ट्रियल एढेसिभ, सिलिकन एसेटोक्सी क्यान र पाउच (न्युट्रल) तथा मास्किङ टेप, डक्ट टेप, इभिए फोम टेप, कार्टुन टेप, डबल साइड टेपलगायत रहेका छन् । कार्यक्रममा राठीकोलका प्रमुख कार्यकारी अधिकृत योगेश राठी, सेल्स एण्ड मार्केटिङका प्रमुख रिदम शाहलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच