काठमाडौं । अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वक्र्सले महिन्द्रा बोलेरो गाडीका ग्राहकलाई लक्षित गरी ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको छ । असार ९ गतेदेखि २१ गतेसम्म लागू हुने योजना डेन्टपेन्ट र बाहिरी कामका लागि भने लागू हुने छैन ।
साथै अफरको लाभ उठाउन ग्राहकले कम्तीमा एक हजार रुपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ । बालाजु अटो वक्र्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले भन्नुभयो, ‘ग्राहकको सुविधाका लागि हामीले यस्ता योजना ल्याइरहेका हुन्छौँ । यो योजना पनि त्यसैअन्तर्गतको हो, हामी चाहन्छौँ कि बोलेरो ग्राहकले अझ बढी बचतका साथै यस योजनामा सहभागी भई बढीभन्दा बढी लाभ लिन सकून् ।’
कम्पनीका अनुसार योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वक्र्सअन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा मात्र लागू हुनेछ । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले सोही योजनाअन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । योजनाअन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर पर्चेजमार्फत् सरल फाइनान्सिङलगायत अन्य सुविधा पनि उपलब्ध हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच