वडाको बजेटले पाँच वटा बाटाे निर्माण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min
भोजपुर । आर्थिक बर्ष २०७९/०८० बजेटबाट भोजपुर नगरपालिका वडा नम्वर ८ ले पाँच वटा बाटाे निर्माण गरेको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँग जोडेर ती बाटाहरु बनेको वडा कार्यालयले जनाएको छ । घट्टेखोला जाने पुरानो मुलबाटो, तल्लो पोखरे काभ्राको बोटदेखि गुम्बा जोड्ने गोरेटो बाटो, प्रभु बैंक हुदै बजार निस्कने बाटो, पोखरे स्कुलबाट चक्रपथ जोड्ने गोरेटो बाटो र दुम्सिका स्वास्थ्य चौकी तर्फको बाटोमा सोलिङ्ग तथा स्तरोन्नतीको कार्य गरिएको वडाध्यक्ष नवीन प्रधानले जानकारी दिनुभयो ।
गाउँघरमा जाने वाटाहरुलाई पनि प्राथमिकतामा राखेर वडा मार्फत काम गरिएको वडाध्यक्ष प्रधानको भनाई रहेको छ । बिद्यालय, स्वास्थ्य संस्था जाने महत्वपूर्ण बाटाहरु भएकाले मर्मत गरिएको वडाध्यक्ष प्रधानले बताउनुभयो ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?