झापा । झापाको दमक भएर बग्ने रतुवा खोलामा आएको बाढीले बगाएर बिहीबार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका १ सरस्वतीटोलका ५३ वर्षीय मोहन रामदाम विक छन् ।
दमक नगरपालिका ७ को रतुवा पुल नजिक उनलाई खोलाले बगाउँदै गरेको देखेपछि स्थानीयले उद्दार गरेका थिए। स्थानीयले खोलाबाट उद्दार गर्दा नै उनको मृत्यु भइसकेको थियोे ।
इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल पुगेर कानुनी प्रक्रियामा खटेको र थप यथार्थ बुझ्ने काम भइरहेको झापा प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच