राष्ट्रपतिमा विजयी भएकोमा पौडेललाई सभापति देउवाको बधाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई ज्ञापन गर्नुभएको छ ।

'राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई,' देउवाले लेख्नुभएको छ। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याउनु भएको छ । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?