मुगु । मुगुस्थित छायानाथ रारा नगरपालिकाका उपप्रमुख ऎश्वर्या मल्लले सभा हलमा ताला लगाउनु भएको छ ।
नगरपालिकामा विवाद रहेकै बेला विना सहमती, सल्लाह विनै नगरप्रमुख विष्णु कुमार भामले जवरजस्ती एकलौटी रुपमा नगरसभा उद्घाटन गर्न खोजेको आरोप लगाउदै उपप्रमुख मल्लले शुक्रबार विहान सभा सन्चालन हुने मुनलाइट होटेलको हलमा ताला लगाउनु भएको हो ।
नगरपालिकाले आफ्नो १५ औ नगरसभाको शुक्रबार विहान ११ बजे गमगढी स्थित मुनलाइट होटेलको सभाहलमा उदघाटन हुने सुचना सार्वजनिक गरेको थियो ।
बजेट बाडफाड कै विषयमा वुधवार दिउँसो विवाद हुँदा भएको झडपमा नगरपालिका कै कर्मचारी रामराज मल्ल गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको छ । आफुलाई नगरप्रमुख भामका आफन्त नाता पर्ने कर्मचारीहरुले दुर्ववहार गर्नुका साथै नगरप्रमुख भामलेसमेत बजेट मैले बाड्ने हो, उपप्रमुखको अधिकार छैन भनेर धम्काएको उपप्रमुख मल्लले आरोप लगाउनु भएको छ ।
उपप्रमुख मल्लकाअनुसार वुधबार दिउँसो कार्यपालिका बैठकमा सबै विषयमा सहमति पछि मेयर भामसङ्ग नगरले सन्चालन गर्ने गौरवका योजनामा उपमेयरका पनि १/२ योजना समेट्न आग्रह गर्दा मेरो एकल अधिकार हो उपमेयरको केही अधिकार लाग्दैन भन्नू भएको र आफुले दुबै जना एउटै पाटिको दुबैलाई जनताले भोट हालेर जितेका हौ मिलेर जाऔ भन्दा विवाद भएको र विवाद कै विच मेयरका नातेदार रहेका कर्मचारी आएर आक्रमण गर्दा नगरका कर्मचारी रामराज मल्ललाई चोट लागि घाइते भएका थिए ।
यता नगरप्रमुख विष्णु कुमार भाम उपमेयरसङ्ग बजेट, गौरवका योजना भन्दा पनि आफ्ना भाइ सन्जय शाहीलाई निउक्ति गर्ने विषयमा उपमेयरले चलाउने बजेट बढाउने विषयमा सामान्य विवाद भएको बताउनु हुन्छ । उहाँ भन्नू हुन्छ 'नगरपालिकाबाट सन्चालन हुने गौरवका योजना त सबैका हुन् मेरो तेराे किन चाहियो । फेरि यो विषयमा उहाँसङ्ग केही कुरा भएको छैन अहिले विषयान्तर गर्न यो कुरा उठाउनु भएको हो ।'
दुबै पक्षबीचको विवाद मिलाउन नेपाली काग्रेस मुगुका सभापति ऐन बहादुर शाहीले प्रयास गरेपनि यो समाचार तयार पार्दासम्म सहमति हुन सकेको छैन भने नगरसभा के हुने अन्यौल कायमै छ ।
नगरप्रमुख विष्णुकुमार भाम र उपप्रमुख ऐश्वर्या मल्ल २०७९ को स्थानिय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुभएकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच