स्थानीय उत्पादनलाई बजारीकरणका लागि जुम्लामा औद्योगिक प्रर्दशनी

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लामा उत्पादनहुने स्थानीय राडिपाखी लगायत अन्य सामाग्रीको बजारीकरणका लागि दुईदिने जिल्लामा औद्योगिक प्रदर्शनी शुरु गरिएको छ ।

यहाँका स्थापित उद्योगबाट उत्पादनहुने विभिन्न बस्तुहरुको प्रर्दशनी प्रतियोगितामा राखिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख विनोद बानियाँले जानकारी दिनुभयो ।

जुम्लाको स्थानीय कच्चा पदार्थबाट बनेका बस्तुहरु,स्थानीय भेडा तथा ऊनबाट बनेका टोपी, झोला सहित विभिन्न उत्पादनहरु, स्याउका परिकार, ओखर, रैथाने मह, अर्गानिक कृषि मार्सी चामल, चिनो, कागुनो, कोदोको पिठोबाट बनेका परिकार, मार्सीधानको खिर, भेडाका ऊनबाट बनेका राडिपाखी सहितका स्थानीय स्तरका बस्तुहरु प्रर्दशन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख बानियाँको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थानीय उत्पादन गुणस्तर उत्पादनमा ध्यानजान जरुरी रहेको बताउनुभयो । जुम्लामा उत्पादनहुने रैथाने बालीदेखी मार्सीचामल विश्व बजारसम्म पुर्‍याउनका लागि प्रदेश,संघीय र स्थानीय सरकारले भुमिका खेल्नुपर्ने जिसस प्रमुख आचार्यले जानकारी दिनुभयो ।

औद्योगिक प्रदर्शनीमेलाले यहाँका उद्योगीहरुलाई थपकाम गर्ने प्रोत्साहन र हौसाल मिलेको तातोपानी गाउँपालिका उद्यमी नारायण चौलागाईले बताउनुभयो । जिल्लाका १८ जना उद्योगीले प्रर्दशनी प्रतियोगितामा भाग लिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?