![डडेल्धुरामा ड्रयागन फल](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/dragan-frut.jpg)
बर्लिन । लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राती टर्कीलाई ३-० ले पराजित गर्दै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको हो । पोर्चुगलका लागि बर्नार्डो सिल्भा र बु्रनो फर्नान्डेजले १-१ गोल गर्नुभयो भने १ गोल उपहार पाएको थियो । २१औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनुभएको थियो ।
२८औँ मिनेटमा आत्मघाती गोलका रूपमा पोर्चुगलको दोस्रो गोल आएको थियो । टर्किस डिफेन्डरसमेत रहनुभएका अकायदिनले आफ्नो गोलकिपरलाई दिएको ब्याकपास दुईजनाको तालमेल नमिलेपछि सिधै पोस्टभित्र पुगेको थियो । पोर्चुगलले तेस्रो गोल ५६औँ मिनेटमा गर्यो । फर्नान्डेजले सहजै गोल गर्नुभयो । जितपछि समूह एफमा पोर्चुगलको दुई खेलमा ६ अंक भएको छ । टर्कीको दुई खेलमा तीन अंक छ भने जर्जिया र चेकियाको १-१ अंक छ । समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन् ।
यस्तै, जर्जिया र चेकियाले बराबरी खेलेका छन् । जर्मनीको हृयामबर्गमा शनिबार राती सम्पन्न खेल १-१ को बराबरीमा सकिएको हो । पहिलो हाफको अन्त्यतिर जर्जियाले खेलमा पेनाल्टीमार्फत् अग्रता लिएको थियो । खेलको ५९औँ मिनेटमा प्याट्रिक शिखले गोल गर्दै चेकियाका लागि बराबरी गोल गर्नुभयो ।
बराबरीपछि दुवै टोलीले समूह एफमा दोस्रो खेलमा पहिलो अंक जोडेका छन् । यसैगरी, बेल्जियमले पहिलो जित हासिल गरेको छ । शनिबार राती सम्पन्न खेलमा बेल्जियमले रोमानियालाई २-० गोलअन्तरले पराजित गरेको हो । जितसँगै समूह ‘ई’ मा रहेको बेल्जियमले तीन अंक जोडेको छ । पहिलो खेलमा बेल्जियम स्लोभाकियासँग १-० गोलअन्तरले पराजित भएको थियो । रोमानियाले भने युक्रेनलाई ३-० गोलले पाखा लगाएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच