भुटान नेपालभन्दा सानो मुलुक हो र उसको परराष्ट्र र सुरक्षा इण्डियाले हेर्छ । तैपनि ऊ नेपालभन्दा सुखी र विकसित छ । उक्त दुवै मन्त्रालय इण्डियाले हेरे पनि पछिल्ला वर्षहरूमा ऊ चीनसँग नजिक हुँदै गएको छ । डोकलाममा चिनी सैन्यको अगाडि इण्डिया पछि हट्नुपरेको थियो । भुटानी प्रधानमन्त्री लोटे छिरिङले आफू पदमा हुँदा भनेका थिए, ‘भुटान र चीनबीच कुनै वास्तविक मतभेद छैन ।’ उनले चीनसँग सीमा विवादबारे भनेका थिए, ‘हाम्रो कार्यकाल पूरा हुँदासम्म यो मुद्दा समाधान हुनेछ ।’ उनले मिडियासँग भनेका थिए, ‘सैद्धान्तिक रूपमा भुटानले आफ्नो छिमेकी मुलुक चीनसँग द्विपक्षीय सम्बन्ध किन नराख्ने ?’ यस पटक चुनाव हारे पनि उनको उत्तराधिकारी सेरिङ टोबके पनि उनकै नीतिमा अगाडि बढिरहेका छन् ।
हाम्रो शासक वर्गजस्तो भुटान होइन कि चीनसँग सम्बन्ध सुधार गर्न लाग्दा इण्डियाले झपारे पछि सर्ने । मोदी सरकारले हालसालै भुटानसँग अरुणाचल प्रदेशको तवाङ्र असमको गुवाहाटीलाई भुटानसँग जोड्ने सडक निर्माणको प्रस्ताव राखेको थियो तर जबसम्म चीनसँगको सीमा सीमांकन कार्य समाप्त हुँदैन तबसम्म यो सडकबारे निर्णय नदिने फैसला गर्यो भुटानले । के नेपाल सरकारले यस्तो अवस्था आएमा भुटानले जस्तै जवाफ इण्डियालाई दिन सक्छ ? के नेपालको सरकारमा भुटान जति पनि स्वाभिमान छ ? के नेपालको जस्तै भुटानी युवाशक्ति रोजगारको लागि विदेशिने गरेको हामीले सुनेका छौं ? के भुटानमा धर्मान्तरण गर्न मिल्छ ?
नेपाल यो देवभूमिलाई कब्जा गरेर यहाँका देवतुल्य मानिसहरू माथि अत्याचार गर्ने असुरहरूको अहिले यहाँ शासन छ, यिनीहरू ईश्वर, देवी देउता र सनातनधर्मविरोधी हुन् । यी हयग्रीवहरूले यहाँको धर्ममात्र होइन वेदलाई समेत हरण गरेका छन् ।
त्यहाँ न चर्च छ न त मस्जिद, त्यहाँ चर्च र मस्जिद बनाउन पनि पाउँदैनन् । के भुटानका नेता भ्रष्ट छन् भनेर हामीले सुनेका छौं ? के भुटानी नेताहरू विदेशीका दास बनेर राजतन्त्र फालेका छन् ? करिब पचपन्न वर्षभन्दा पहिला इण्डियन कवि धूमिल (सुदामाप्रसाद पाण्डेयले लेखेको राजनीतिक व्यंग्य कविता जो आज पनि हाम्रो देशका लागिसमेत सान्दर्भिक छ, त्यसको मुख्य अंश अनुवाद गरी यहाँ प्रस्तुत गर्दैछु :
बुद्धका आँखाबाट रगत चुहिरहेको थियो
नगरको मुख्य चौबाटोमा
शोक प्रस्ताव पारित भए,
...........
आरामकुर्सी माथि
उत्तानो परेका छन् ।
हाम्रो देशको अवस्था यो कवितासँग मेल खान जान्छ । देशका असल मस्तिष्कहरू आज कि त विदेशमा छन्, कि त यहाँ निरपेक्ष छन्, बोलेर केही हुँदैन भन्ने हीनग्रन्थीले ग्रस्त छन् । त्यसैले यहाँ असुरहरूको शासन छ । तीन प्रकारका असुरहरू मध्ये दोस्रो प्रकारका असुर दैत्य र अर्को असुर भूत प्रेत आदि हुन् । दैत्यहरूले ऋषिमुनिहरूलाई दुःख दिन्छन् र भूतप्रेतहरूले आममानिसलाई तर असुरले देवताहरूको राज्य खोसेर शासन गर्छन् ।
नेपाल यो देवभूमिलाई कब्जा गरेर यहाँका देवतुल्य मानिसहरू माथि अत्याचार गर्ने असुरहरूको अहिले यहाँ शासन छ, यिनीहरू ईश्वर, देवी-देउता र सनातनधर्मविरोधी हुन् । यी हयग्रीवहरूले यहाँको धर्ममात्र होइन वेदलाई समेत हरण गरेका छन् । प्राचीन कालमा असुरहरूले शिवजीलाई प्रसन्न पारेर देवलोक कब्जा गरेर देउताहरूलाई दुःख दिन्थे तर उनको मरणको उपाय पनि शिवजीले नै निकाल्थे । अहिले यहाँका असुरहरूलाई पनि विदेशी शक्तिकेन्द्रहरूको आशीर्वाद छ । त्यसैले सत्ताको मदमा यिनीहरू मदमत्त भएका छन् ।
मधु कैटभको कथा हामीले सुनेका छौं । जब विष्णु योगनिद्रामा लीन थिए, त्यही समयमा उनको कानको मैलबाट मधु कैटभ नामक दुई जना असुर उत्पन्न भए । उनीहरू प्रकट भएपछि श्रीविष्णुको नाभिकमलमा अवस्थित ब्रहृमाजीलाई खान तिनीहरू तत्पर भए । तब ब्रहृमाले श्रीविष्णुको मस्तिष्कमा वास गर्ने योगनिद्रालाई आफ्नो रक्षा हेतु आहृवान र स्तुति गरे । माता योगनिद्रा अर्थात् आदि शक्ति विष्णुको नेत्र, नासिका, हुँदै अर्थात् पञ्चइन्द्रियहरूको जागृति देवी ब्रहृमाजी सम्मुख उपस्थित भइन् । उनलाई आश्वस्त गर्दै उनले भनिन्, पालनकर्ता विष्णुले उनको रक्षा अवश्य गर्नेछन् । योगनिद्राबाट मुक्त भएपछि ती असुरहरूलाई समाप्त पार्न श्रीविष्णुले पाँच हजार वर्षसम्म युद्ध गर्नुपर्यो ।
सुन्दा अचम्म लाग्छ कानको मैलबाट असुरको जन्म र नाभिकमलमा ब्रहृमाको अवस्थिति । यसपछिको वैज्ञानिक कारण हो जब व्यक्तिको चेतना सुषुप्त अवस्थामा हुन्छ, तब जडता, नकरात्मकता आदि दुर्गुणहरूले सजिलैसँग मानिसलाई आफ्नो प्रभावमा लिन्छ । मधु कैटभ त्यही निश्चेष्टताबाट उत्पन्न असुरहरू हुन् जो योगीलाई भोगी बनाउन र इन्द्रिय र भौतिक सुख लिन प्रेरित गर्छन् । उनीहरू विभिन्न प्रकारले आफ्नो तर्क राख्छन्, हेर समस्त संसार नै वासनामय छ एकचोटिको योनी हो समस्त सुखभोग, खोसेर भए पनि भोग, वीरहरूले नै वसुन्धराको भोग गर्छन् । हामी वीर हौं त्यसैले देवभूमिलाई भोग गरिरहेका छौँ ।
हामीलाई मार्न तिमीहरूले सक्दैनौं न त हाम्रो व्यवस्थालाई नै ढाल्न सक्छौ । हामी सर्वशक्तिमान छौं । तिमीहरूले हामीलाई मार्न चाहे पनि मार्न सक्दैनौ । संसार वासनामय छ, वासनामुक्त सुखी धरा कहाँ छ ? कहाँ छ सुदर्शन चक्र, कहाँ छ वेद सात्विक दर्शन । त्यसपछि श्रीविष्णुले उनीहरूलाई आफ्नो जंघा अर्थात् काम क्षेत्रमा राखेर बध गर्छन् । ती असुरहरूले ब्रहृमाजीलाई किन मार्न चाहन्थे ? किनकि ब्रहृमाजी अर्थात् ब्रहृम ज्ञान जो प्रत्येक व्यक्तिको नाभीस्थानमा अवस्थित हुन्छ, त्यहीँबाट हाम्रो वास्तविक मूल छ, गुणयुक्त डिएनए । आज गणतन्त्रवादी शासक वर्गले हाम्रो सनातन धर्म, यहाँको मौलिकता, संस्कृति र परम्परा किन मास्दैछन् ? किनकि यो हाम्रो नाभीस्थान हो । हाम्रो नाभीस्थानलाई समाप्त पारेर यी शासक वर्ग हामीलाई पनि असुर बनाउन चाहन्छन् । के हामी असुर बन्ने ?
आज हयग्रीवहरूले हाम्रा वेद, पुराण आदि, हाम्रो सनातन धर्म, मौलिकता, संस्कार र परम्पराहरू खोसेर नष्ट गर्दैछन्, संस्कृत विश्वविद्यालयको पुस्तकालयलाई अग्निदहन गर्ने, पण्डित, गुरुहरूको हत्या गर्ने, ब्राहृमणहरूको जनै चुँडाल्ने, धार्मिक कार्यमा अवरोध खडा गर्ने बख्तियार खिलजीको नयाँ संस्करणलाई हामीले आँखाले नै देख्यौं ।
ब्रहृमज्ञानले नै हामी हाम्रो जन्म र जगतबारे गूढार्थ ज्ञान प्राप्त गरेर आफ्नो जन्मलाई सार्थक बनाउन सक्छौं । हामी गर्भमा पोषित भएर जन्मिन्छौं र एउटा पिँढीबाट अर्को पिँढीसम्म पुग्छौं त्यहीँ नाभीकमलद्वारा । जब हाम्रो देह चिताग्निमा भस्म हुन्छ, तब पनि नाभी जल्दैन । हामी अस्थि गङ्गाजीमा विसर्जन गर्न लग्दा त्यसलाई पनि लग्छौँ । यो सृष्टि, यो सभ्यता, यो समाज सुचारु रूपले चलोस् भनेर आदि शक्तिले सर्वप्रथम ब्रहृमाजीको अवतरण गराइन् र उनलाई ज्ञानको आधार दिँदै चार वेदलाई चार मुखबाट दिइन् । मधु कैटभले सृष्टिको ज्ञान वेदलाई नै समाप्त पार्न चाहेका थिए ताकि भविष्यमा महायोगी पनि महाभोगी बनून् ।
जसरी आज हाम्रा शासक वर्गले हाम्रो वेदवेदाङ्ग, पुराण, उपनिषद, स्मृति आदि समाप्त पार्न नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाई राजासंस्थालाई हटाई ख्रिष्टानीकरण जोडतोडले गरिरहेका छन् । असुरहरूको मूल धर्म र उद्देश्य ब्रहृमज्ञान जसले सृष्टि सुव्यवस्थित र सन्तुलित रहोस् भन्ने हो त्यसको समूल अन्त्य गर्न चाहन्छन् । तैपनि हामी योगनिद्राबाट जाग्दैनौं । असुर हयग्रीवले पनि यसै कारण वेदहरूको हरण गरेको थियो । हज्जारौं वर्षसम्म देव र मानव वेद प्राप्त गर्न असुर हयग्रीवसँग संघर्ष गर्दै रहे तर निष्फल भए । असुर हयग्रीव आफू सरहको शक्तिशाली मानिस संसारमा कोही भेटेनन् ।
उनले अमरत्व प्राप्त गर्न तपस्या गरे तर अमरत्वको वरदान पाएनन्, आदि शक्तिसँग उनले आफूजस्तै अर्को हयग्रीवबाट मृत्यु पाउने वरदान मागे । यहाँ एउटा कुरा ध्यान दिने योग्य छ, यदि कुनै प्रमुख शत्रुलाई समाप्त पार्नु छ भने अस्थायी रूपमा नै किन नहोस् हामी ऊजस्तै बन्नुपर्छ । किनकि तब मात्र हामी उसलाई बुझ्न सक्छौं र हाम्रो समस्याको समाधान खोज्न सक्छौं । अन्ततः श्रीविष्णुले हयग्रीव अवतार लिएर असुर हयग्रीवको बध गरेर वेदहरू देउताहरूलाई फर्काउँछन् । पछि ऋषिहरूले असुरहरूबाट वेदलाई जोगाउन श्रुतिद्वारा यसलाई संरक्षण गर्दै गए ।
सत्य, त्रेता र द्वापर युगमा असुरहरू भएको हामी विभिन्न पुराणमा पढ्न पाउँछौं । असुरहरू प्रत्येक युगमा हुन्छन् । आज संसारका मालिक ठान्ने होस् वा इण्डियन उपमहाद्विपको मालिक सबै असुर हुन् जो हिमवत्खण्डको विनाश चाहन्छन् र तिनीहरूले जन्माएका असुरहरू यहाँ शासनदेखि लिएर हरेक क्षेत्रमा छरिएर रहेका छन् । शासनमा रहेका असुरहरूलाई त हामी चिन्छौं तर छद्मभेशी असुरहरूलाई आमजनताले चिन्न सक्दैनन्, तिनीहरूलाई चिन्न विशेष चक्षुहरू चाहिन्छ ।
आज हयग्रीवहरूले हाम्रा वेद, पुराण आदि, हाम्रो सनातन धर्म, मौलिकता, संस्कार र परम्पराहरू खोसेर नष्ट गर्दैछन्, संस्कृत विश्वविद्यालयको पुस्तकालयलाई अग्निदहन गर्ने, पण्डित, गुरुहरूको हत्या गर्ने, ब्राहृमणहरूको जनै चुँडाल्ने, धार्मिक कार्यमा अवरोध खडा गर्ने बख्तियार खिलजीको नयाँ संस्करणलाई हामीले आँखाले नै देख्यौं । आज उनीहरूको शासन, उनीहरूलाई घुमीफिरी सहयोग गर्ने बख्तियार खिलजीका सन्तानको शासन हामी मौन भएर सही रहेका छौं । हामी नामर्द हौं वा चेतनाविहीन ? हामीबीच एउटा यस्तो वर्ग पनि छ जो चैतन्यहीन छ । उनीहरूको भनाइ जो आए पनि यस्तै हो, चलिरहेको छ चल्न दिऊँ ।
यदि हामीमध्ये कसैले एउटा बाघको डमरुलाई ल्याएर मासु ख्वाएर माया गरेर पालेर हुर्कायौँ र सानोमा ऊ हामीसँग आफ्नै सन्तानझैँ लाडिने खेल्ने गरे तापनि एक दिन उसले हामीले दिएको आहारले शक्तिशाली भएर हामीलाई नै खानेछ, यसमा कुनै शंका छैन । हामीले पालेका डमरुहरू अहिले जवान भएर शक्तिशाली भई सकेका छन्, आज पालैपालो हामीलाई अदृश्य रूपमा खाइरहेका छन्, भोलि उनीहरूले यो देशलाई नै नखालान् भनेर कल्पनै गर्न सकिँदैन । हाम्रो सनातन धर्मले सिकाउँछ, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु माकश्चिदुःखभाग्भवेत् ।
तर, सँगसँगै यो पनि भन्छ सनातन धर्मको भक्षकहरूको संहारका लागि एकजुट भएर दुर्गम शक्ति दुर्गा बनेर असुरहरूको नाश नगरेसम्म हामी दुर्गतिमुक्त हुन सक्दैनौं । गीतामा पनि भनिएको छ ‘अहिंसा परमो धर्मः धर्मो हिंसा तथैव चः । गीतामा यो पनि भनिएको छ (धर्म एवहतो हन्तिधर्मो रक्षति रक्षितः, तस्मात् धर्मो न हन्तभ्यो मानो धर्मो हतोवधितः ।
Great insights hajur