काठमाडौं । अष्ट्रेलियाका महान ब्याट्सम्यान डेभिड वार्नरले १५ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर अन्त्य गर्नुभएको छ । जारी टी-२० विश्वकपअन्तर्गत मंगलबार अफगानिस्तानले बंगलादेशविरुद्ध जित हात पारेसँगै वार्नरले ‘गुपचुप’ रूपमा सन्न्यासको घोषणा गर्नुभएको हो । अफगानिस्तानको जितसँगै पूर्वविजेता अष्ट्रेलिया ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको थियो ।
फगानिस्तानसँग स्तब्ध हुनुअघि अष्ट्रेलियाले भारतसँग पनि हार बेहोरेको थियो । सन् २००९ को जनवरीमा ट्वान्टी-२० खेलमार्फत् वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको थियो । ३७ वर्षीय वार्नरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल जुन २४ मा ग्रोस आइलेटमा भारतविरुद्ध खेल्नुभएको थियो ।
वार्नरले सन् २०२३ को नोभेम्बरमा भारतमा विश्वकप फाइनल जित्दा आफ्नो अन्तिम एकदिवसीय र यसै वर्षको जनवरीमा पाकिस्तानविरुद्ध अन्तिम टेस्ट खेल्नुभएको थियो । वार्नरले ११० खेलमा ३३.४३ को औसत र १४२.४७ को स्ट्राइक रेटमा ३,२७७ रन बनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच