बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक जारी

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपराष्ट्रपति निर्वाचन र सरकार विस्तार बारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

बैठक केहीबेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो । उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेता सहभागी हुनुुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?