काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
बिहीबार आयोगले सेवाग्राहीसँग ३५ हजार घुस लिएको दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
आयोगका अनुसार तेलीले जग्गा कित्ताकाट गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको थियो ।
अख्तियारले तेलीलाई ३५ हजार नै बिगो कायम गरी जरिवानासमेत गर्न माग गरेको छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच