
वासिङ्टन डिसी । ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा पाराग्वेमाथि ब्राजिलले सहज जित निकालेको हो । एलेजिन्ट स्टेडियममा भिनिसियस जुनिअरको दुई गोलप्रेरित खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ गोलअन्तरले पराजित गरेको हो ।
ब्राजिलले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो । खेलको ३१औँ मिनेटमै लुकास पाकेटाले पेनाल्टीलाई सदुपयोग गर्न नसकेपछि ब्राजिलले सुरुवाती अग्रता लिने मौका गुमाएको थियो । तर, ३५औँ मिनेटमा भिनिसियस जुनिअरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाउनुभयो । उहाँले लुकासको पासमा गोल गर्नुभयो । ४३औँ मिनेटमा साभिओले गोल गर्नुभयो । पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्नुभयो । तर, ४८औँ मिनेटमा ओमर एल्डरेटले गोल गर्दै पाराग्वेलाई ३-१ को स्थितिमा ल्याउनुभएको थियो । ६५औँ मिनेटमा लुकासले पेनाल्टीमार्फत् गोल गरेपछि ब्राजिलले ४-१ को सहजै जित हासिल गरेको हो ।
जितसँगै ब्राजिलले दुई खेलबाट चार अंक जोडेको हो । पाराग्वे भने अंकविहीन रहेको छ । ब्राजिल पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । पाराग्वे भने कोलम्बियासँग २-१ गोलअन्तरले पराजित भएको थियो ।
जितपछि ब्राजिल समूह ‘डी’ को दोस्रो स्थानमा छ । कोलम्बिया समूहको शीर्ष स्थानमा छ । पराजित कोस्टारिका र पाराग्वे घर फर्किएका छन् । कोस्टारिकाविरुद्ध ब्राजिल पराजित भएको अवस्थामा भने घर फर्किने सम्भावना बढी थियो । तर, निर्णायक खेलमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गरेको हो । कोलम्बियाको ६, ब्राजिलको चार, कोस्टारिकाको एक र पाराग्वे अंकविहीन छ । अब अन्तिम खेलमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वेले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ । स्टेट फार्म स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा कोलम्बिया ३-० गोलअन्तरले विजयी भएको हो । जितसँगै समूह ‘डी’मा रहेको कोलम्बिया दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहृयो । कोलम्बियाले पहिलो खेलमा बोलिभियालाई ३-० गोलअन्तरले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा कोलम्बियाले पाराग्वेसँग खेल्नेछ । कोस्टारिकाको भने एक अंक रहेको छ । कोस्टारिका पहिलो खेलमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो हाफमा कोलम्बियाले लुइस डियाजको गोलमा सुरुवाती अग्रता लिएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच