असंलग्न राष्ट्रहरूको १९औं शिखर सम्मेलनमा नेपालले शान्तिप्रतिको प्रतिबद्धतालाई सुस्पष्ट रूपमा प्रस्तुत गरेको छ । सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा साझा संमृद्धिका लागि शान्ति अपरिहार्य भएको समयमा विश्वशान्तिको सन्देश लिएर आफू शान्तिका दूत गौतमबुद्धको भूमिबाट आएको भनी प्रकट विचार आजको जटिल विश्वसमुदायका सामु महत्वपूर्ण हुनसक्छ । यद्यपि असंलग्न अभियान एक सामान्य औपचारिकतामा सीमित हुनपुगेको छ । यसमा व्यक्त विचारहरूप्रति शक्तिशाली र प्रभावशाली राष्ट्रहरू कति गम्भीर हुने हुन् थाहा भइरहेको छ । दुई महाशक्ति राष्ट्रहरू आफैं यतिखेर खतरानक युद्धमा सक्रिय छन् । विश्वको महाशक्ति राष्ट्र रुस आफैं सानो छिमेकी राष्ट्र युक्रेनसँग युद्धमा सक्रिय छ भने अर्को महाशक्ति राष्ट्र इजरायलका पक्षमा युद्ध सहयोगमा जुटेको छ ।
बार्साको अस्तित्व नदेखिए पनि प्रवृत्तिगत कार्यशैली यथावत् छ । नाटो र युरोपियन युनिएनको सहकार्य चलिरहेको छ । त्यतिमात्र नभएर असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूसमेत एकआपसमा शत्रुताको उत्कर्षमा छन् । छिमेकी मित्र राष्ट्र भारत र पाकिस्तान, पाकिस्तान र इरान हेरे पुग्छ । असंलग्न आन्दोलनको शिखर सम्मेलनको पूर्वसन्ध्यामा इरानले पाकिस्तानको भूमिमा आक्रमण ग¥यो । यो आक्रमण आफैंमा असंलग्न आन्दोलनको आचारसंहिता विपरीत छ ।
नेपाल स्थापनाकालदेखि नै असंलग्न सिद्धान्तका पक्षमा थियो । विसं २००७ को परिवर्तन पश्चात् राजनीतिक प्रणाली अवलम्बन गरेको नेपालले दक्षिण एसियाली राष्ट्रमध्ये सबैभन्दा पहिले नवस्थापित इजरायललाई मान्यता दियो भने चीनलाई संयुक्त राष्ट्र संघको सदस्यता दिन अन्य राष्ट्रसहित संयुक्त राष्ट्रसंघलाई समेत आग्रह गरेको थियो । संसारका अनेक द्वन्द्व र युद्धले जर्जर राष्ट्रहरूमा शान्ति स्थापनार्थ नेपालको भूमिका अहं छ । शान्ति स्थापनाको संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेना तथा प्रहरीको योगदान महत्वपूर्ण मानिएको छ । विसं २०१७ सालमा उत्तरी सीमा चौकीनजिक मुस्ताङमा भएको घटनामा उत्तर र दक्षिणका शक्तिशाली प्रधानमन्त्रीहरूले समेत एकै पटक क्षमा माग्नुपर्ने अवस्थाको अवस्थाको समीक्षा ग¥यो भने पनि नेपालको शान्तिको प्रभावशाली विश्वास र असंलग्नताप्रतिको पूर्वप्रतिबद्धता स्पष्ट हुन्छ । वाग्डुङ सम्मेलनबाट नै नेपालले आफूलाई असंलग्नता र पञ्चशीलको अनुयायी घोषित गरिसकेको थियो ।
तर, नेपालले अन्तर्राष्ट्रिय घटना परिघटनाहरूमा न्याय र अन्यायका सूक्ष्म विवेचना नगरी हुँदैन । तटस्थता, सन्तुलनका नाममा अन्यायको पक्षपोषण असंलग्ता सिद्धान्तविपरीत हुनेगर्छ । युक्रेनले रुसमा गरेको आक्रमण निन्दनीय छ । जुनसुकै नाममा गरेको भए पनि साना राष्ट्रहरूको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिक सर्वोच्चताको उल्लंघन हो त्यो । इजरायलमा हमास नामको जत्थाले गरेको आक्रमण त्यो पनि निन्दनीय छ । निर्दोष नागरिकको हत्याको बदला लिने नाममा अहिले इजरायलले गरिरहेको निर्घात कारबाही पनि मानवताविरुद्ध हो । यस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा बोल्दा नेपालले जिब्रो चपाउनु पर्दैन । हो, नेपालको स्वार्थमा आफ्नै भनाइ र अडानहरूले धक्का पु¥याउने भएमा विचार गर्नुपर्ने हुन्छ । अधिकांश नेपालीहरूमा नेपालको स्वार्थमाथि बहस हुँदैन । धेरै जसोको बहस चीन र भारतको हितप्रति अत्यधिक चिन्ता प्रकट गर्दै हुने गरेको छ । यस्तो मूर्खताको अभ्यास कथित राष्ट्रवादका नाममा विगतदेखि नै निरन्तर जारी छ ।
असंलग्न आन्दोलनको शिखर सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रधानमन्त्री दाहालले ठोस रूपमा नेपालको धारणा प्रस्तुत गर्नुभएको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा औपचारिक भाषा नबोली हँुदैन । नेपालले प्रारम्भकालदेखि नै शान्तिका पक्षमा, तटस्थताका पक्षमा, अहस्तक्षेपका पक्षमा, एकअर्काको स्वतन्त्र सार्वभोमसत्ताको सम्मान र सहअस्तित्वका पक्षमा नेपाल निरन्तर आवाज उठाइरहेको छ । नेपालसँग गौतमबुद्धको अहिंसा परमोधर्म र मानवतावादको सिद्धान्त छ । तर, यो सिद्धान्तलाई व्यवहारतः हामी आफैंले कति पालना गरिरहेका छौं त्यो प्रश्न आन्तरिक रूपमा मात्रै उठ्ने छैन । यो प्रश्न अन्य राष्ट्रले पनि उठाइरहेका हुनसक्छन् । दश वर्षसम्मको क्रूर हिंसाको समाधान गरे पनि हिंसापीडितहरू न्यायविमुख छन् हालसम्म । बुद्धको देश भन्ने हामीहरू र गर्व गर्नेहरू हामी नै । ठीक यसका विपरीत क्रूरतापूर्वक मानिस मार्ने अनि मारिएकोमा गौरव गर्ने पनि नेपाली नै हुन् । यसबेला गौतमबुद्धका सन्देश, उपदेशहरू किन बिर्सियौं भनेर कसैले सोधेमा हामीले दिने जवाफ कस्तो हुन्छ होला ? अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री दाहालले बुद्ध दर्शनको कुरा उठाउनु हुँदा हामी सबैले प्रशंसा गर्नुपर्ने हुन्छ । कुनै समयमा उहाँले भन्नुभएको म त अशोक जस्तो भएँ एकातिर र अर्कातिर बुद्धदर्शन र माक्र्सवाद समान हुन् भनेको कुरालाई अन्तर्राष्ट्रिय समुदायले कसरी बुझ्दो हो ? जसरी बुझे पनि नेपालको राष्ट्रिय अडान भनेको कुनै सैन्य गठबन्धनमा समावेस नहुने, युद्ध र आक्रमणमा सहभागी नहुने पारस्परिक सद्भाव, सहकार्य गर्ने र शान्तिको मूल मुद्दालाई सम्मान गर्ने नै हो । एकप्रकारले प्रधानमन्त्रीले यी विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष अडान र विश्वासका आधारमा प्रस्तुत गर्नुभएको छ, जसलाई सकारात्मक मान्नुपर्दछ ।
असंलग्न आन्दोलनको भूमिका अबका दिनमा विस्तारित हुन्छ कि हुँदैन र प्रभावकारी हुन्छ कि हुँदैन भन्ने अवस्था छैन । युद्ध, अशान्ति, शक्ति परीक्षण, आर्थिक र औद्योगिक विकास, बसाइँसराई र वातावरणमा आएको परिवर्तन आदिका कारण असंलग्न सिद्धान्तको जीवन कति सशक्त हुने हो कसैले बताउन सक्दैन । अहिले बहुध्रुवीय विश्व व्यवस्थामा तटस्थता भन्ने कुनै ध्रुव छैन । तर, साना राष्ट्रहरूले असंलग्नताका सिद्धान्तलाई बारम्बार दोहोर्याइ रहनुपर्दछ ताकि आफ्नो देशको स्वतन्त्रता र हित प्रबद्र्धनमा धक्का नलागोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच