काठमाडौं । यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) लण्डनमा आयोजना हुनेभएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म इन्टरनेट प्रा.लि.व्यवस्थापनमा भाद्र १५ गते (अगष्ट ३१, २०२४) मा भव्य कार्यक्रमका लण्डन शहरबीच अवार्ड प्रदान गरिने जनाएको हो ।
वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रलाई आधार मानेर उत्कृष्ट तीन छनोट गरिने आयोजक संस्थाले जानकारी दिएको छ । इन्फा अवार्ड-२०२४ को जुरीमा सुनिल थापा जुरी संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य रहनुभएको छ ।
तत्कालीन युवराज वीरेन्द्र वीरविक्रम शाहको पहलमा पशुपति शम्शेर राणा अध्यक्ष भएर १९६० मा स्थापित संस्था हो, यति नेपाली एसोसिएसन युके । जसले चलचित्रकर्मीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ मर्यादित, प्रतिष्ठित अवार्ड गर्ने संस्थाका अध्यक्ष पिप्ला देवन थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अवार्डका लागि युके कमिटीमा अध्यक्ष देवानसहित पूर्वअध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिष राज पन्त र पाल्देन लामा रहनुभएको छ भने नेपाल कमिटीमा सगिक्षा फिल्मस्को तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुँवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रहनुभएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृष्ण मल्ल, नरेश पौडेल, यम बराल, मलिना जोशीलगायत चलचित्रकर्मीहरूले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच