काठमाडौं । शशिला मोटर्स प्रालिले भ्यान्छे ब्राण्डको २२ सिटे नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एकपटकको फुलचार्जमा तीन सय किलोमिटर गुड्ने बसमा चार सय एनएमको टर्क र एक सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले जनाएको छ ।
सिएटिएल एक सय २३ किलोवाट लिथियम आइरन फोस्फेट ब्याट्री जडान हुने बसमा पूर्ण रूपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध रहेकाले बस यात्रुमैत्री हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताउनुभएको छ ।
एक सय २३ किलोवाट ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलोपटक ल्याउन लागिएको उहाँको दाबी छ । कम्पनीले दशैँ लक्षित गरी ल्याउन लागेको उक्त बसको बुकिङ भने खुला गरेको छ । बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सोभन्दा केही बढ्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच