![‘कतिबेला बास उठ्ने हो थाहा छैन’](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Bagar-Mahottari1.jpg)
काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने हुनुभएको छ । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले जनाउनुभएको छ । भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ । यो स्पर्धामा उहाँकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो करियरमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु भएको छ ।
उहाँले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । उहाँले पछिल्लोपटक खेलको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो जुन पारालिम्पिक छनोटको आधारम समेत रहेको थियो । सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म भएको यही प्रतियोगितामा भीमले ५० मिटर फ्रि स्टायलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । भीम एम्पुटी फुटबलका पनि खेलाडी हुनुहुन्छ ।
भीमले पारालिम्पिकका लागि कालोपुलस्थित वेस्ट भेन्युमा तयारी प्रशिक्षण गरिरहनुभएको छ । उहाँलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ । भीमले पारालिम्पिक जस्तो ठूलो प्रतियोगिताका लागि छनोट भएकोमा खुशी व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिनुभयो । ‘पारालिम्पिक जस्तो ठूलो प्रतियोगिताका छनोट भएकोमा एकदमै खुशी लागेको छ । यसको लागि धेरै दुःख र मेहनत गरेको थिए । मेहनतको फल प्राप्त भएको अनुभूति भइरहेको छ,’ भीमले भन्नुभयो ।
भीमसहित पेरिस पारालिम्पिकमा हालसम्म तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ । यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसक्नुभएको छ । पलेशाले भने छनोट चरण पार गर्दै पेरिस पालिलम्पिकमा स्थान सुरक्षित गर्नुभएको हो । भरतले वाइल्ड कार्ड पाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच