पाल्पामा डेंगीबाट ६९ वर्षीया महिलाको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईका अनुसार तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो ।

उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको जनाइएको छ । ति महिलामा साउन १६ गते डेंगु संक्रमण पुष्टी भएको थियो । संक्रमण भए पनि उनी सामन्य उपचार गरी घरमै आराम गर्दै आएकी थिइन् । समस्या बढ्दै गएपछि मात्र उनी आइतबार अस्पताल पुगेकी थिएन् ।

पाल्पामा डेंगीबाट ४८ जना संक्रमित भइसकेको ल्याव टेक्निसियन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो गत पुस १७ गतेदेखिको तथ्याङ्क हो । तानसेनका युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज लगातयमा रगत परीक्षण गराउँदा ४८ जनामा डेंगी देखिएको थियो ।
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगी संक्रमण पछिल्लो समय बढ्दै गएको छ । तीन महिनाअघि फाट्टफुट देखिन थालेको डेंगीको संक्रमण पछिल्लो समय तीव्ररुपमा फैलिएको हो ।

डेंगु एडिज लामखुट्टेले टोकेका कारण निम्तिने रोग हो । डेंगु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायतका समस्या देखिने बित्तिकै चिकित्सकको सल्लाह लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।

डेंगुमा शरीरका प्लेटलेट्स तीब्र रुपमा खस्किन थाल्छ । यसमा बिरामीलाई तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ नभए समयमा नै उपचार नपाउँदा बिरामीको ज्यानसमेत जान सक्छ । डेंगुका लक्षणलाई पहिचान गरेर यसको उपचार गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?