चलचित्र आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम : सञ्चारमन्त्री

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।

आईतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले लचित्र मनेरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम रहेको बताउनु भयो । उहाँले चलचित्रको विकासका लागि लिएका लक्ष्यहरु परिणाममा पुर्‍याउने कुरा चुनौतिपूर्ण रहेको बताउनु भयो ।

उहाँले सब चलचित्रकर्मीहरुको अभिलेखलाई डकुमेण्टेशन गर्ने कुरा उल्लेखनिय रहेको बताउनु भयो । उहाँले दोलखाको फिल्म सिटी बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भयो । फिल्म सिटी बनेसँगै नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम चलचित्र हो । चलचित्र मनेरञ्जनको साधन मात्रै होइन । यो सन्देश दिने प्रभावकारी माध्यम हो । पछिल्लो दिनमा आउँदा हामीले जुन ढंगले चलचित्रको विकास गर्ने भन्ने जुन लक्ष्य लिएका छौँ, नीति लिएका छाैँ । त्यसलाई कसरी हामी परिणाममा पुर्‍याउने भन्नेकुरा हाम्रा बीचका चुनौति हुन् । चलचित्र विकास बोर्डका आगामी दिनका कार्यभारहरु हुन् । चलचित्र विकास बोर्डले विगतमा गरेका कामहरु र आगामी दिनका हाम्रा कार्यभारका कुराहरु राख्नुभएको छ । सब चलचित्रकर्मीहरुको अभिलेखलाई डकुमेण्टेशन गर्ने भन्नेकुरा राम्रो छ । अहिले महिलाबाट शुरु गर्नुभएको छ, यो विभेद जस्तो लाग्ला तर सकारात्मक विभेद हो ।’

मन्त्री शर्माले विगतमा भन्दा बढाएर चलचित्र विकास बोर्डमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले चलचित्र ऐन छिटो भन्दा छिटो ल्याउने कुरामा सरकार संवेदनशील रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?