काठमाडाैं । प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ ।
सोमबार ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला सुरु भएको थियो । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउना साथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो - ‘प्रतिनिधि सभा बैठकमा मन्त्रिपरिषद्का सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था छ, नभएको कारणले गर्दा म ध्यानाकर्षण गराउन चाहान्छु ।’
सभामुख घिमिरेले सांसद यादवको कुरा ध्यानाकर्षण भएको भन्दै बैठक १५ मिनेटपछि बस्नेगरी स्थगित गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच